भारतीय अपरेटर जियोले ८ हजार रुपैयाँ भन्दा सस्तोमा फाइभजी स्मार्टफोन ल्याउने

Technology Khabar ४ कार्तिक २०७७, मंगलवार

भारतीय अपरेटर जियोले ८ हजार रुपैयाँ भन्दा सस्तोमा फाइभजी स्मार्टफोन ल्याउने
Classic Tech
Nepal Telecom

भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले ४जी नेटवर्कको क्रान्तिपछि, फाइभजी स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ। कम्पनीले ५जी स्मार्टफोन एकदमै सस्तो मूल्यमा उपलब्ध गराउने योजना बनाइरहेको छ।

विश्वास गरिन्छ कि यी स्मार्टफोनको मूल्य ५,००० भारु अर्थात ८ हजार नेपाली रुपैयाँ भन्दा कम हुनेछ।

यद्यपि कम्पनीको तर्फबाट यो भनिएको थियो कि कम्पनीले बजारको मागमा निर्भर यी स्मार्टफोनलाई २,००० देखि ३,००० भारुसम्ममा मूल्य तोक्न सक्दछ।

हाल भारतमा ५जी स्मार्टफोनको मूल्य २७,००० भारु बाट सुरू हुन्छ। तर जियोले सब भन्दा फास्ट नेटवर्क फोन एकदम कम मूल्यमा उपलब्ध गराउनेछ। भारतमा सस्तो ४जी स्मार्टफोन ल्याउने क्रेडिट पनि रिलायन्स जियोमा जान्छ। यी स्मार्टफोनको मूल्य १५०० भारु थियो।

रिलायन्स अधिकारीका अनुसार कम्पनीसँग २० करोड फोन उपभोक्ताको रहेका छन्। हाल यी प्रयोगकर्ताहरूसँग आधारभूत २ जी फोनहरू छन्। यस द्रुत गतिको जीवनमा ५जी स्मार्टफोनको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले यसमा काम गरिरहेको छ । हाल भारतमा ५जी नेटवर्क पनि सुरु भएको छैन।

रिलायन्स समूहले फाइभजी स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टमको साथमा मिलेर बनाउने कुरा गरेको थियो। र यसका साथै रिलायन्सको सस्तो ५जी स्मार्टफोनका लागि अपरेटिंग प्रणाली बनाउनमा माइक्रोसफ्टको समेत मद्दत लिने बताईएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

Comments are closed.

Loading...