क्लासिक टेकले सामाजिक उत्तरदायित्वअन्तरगत सियोना श्रेष्ठको उपचारमा दियो १० लाख रुपैयाँ

Technology Khabar ४ कार्तिक २०७७, मंगलवार

क्लासिक टेकले सामाजिक उत्तरदायित्वअन्तरगत सियोना श्रेष्ठको उपचारमा दियो १० लाख रुपैयाँ

काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै समय समयमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरिरहेको छ ।

सोहि सन्दर्भमा क्लासिक टेकले हालै निकै दूर्लभ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिंगमार्फत रकम संकलन गरिरहेका छन् ।

यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्ने बताईएको छ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले भने, ‘२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानी को जिवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । गत वर्ष क्यान्सर पिडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौ। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडी बढेर काम गर्नेछौं।’

क्लासिक टेकले यति सहयोग बाहेक आधिकारीक सोशल मिडिया मार्फत सहयोगको अपिल समेत गरेको छ । नेपालको अग्रणी र ठूलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनीले देशभर आफ्नो इन्टरनेट सेवालाई तिब्रगतिमा बिस्तार गर्दै आएको छ । कम्पनी आफ्नो क्षेत्रमा अग्रणी कम्पनीको रुपमा चिनिन्छ।

तपाईँ पनि सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनुहुन्छ भने बिस्तृत जानकारी निम्न रहेको छ ।

A/C Name: Siyona Shrestha

A/C No: 206500000031524

Bank of Kathmandu LTD. Parasi Branch

Swift Code: BOKLNPKA

Or

Esewa Id: 9847206466    9816457809

Global Bank
easy care

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

ताजा समाचार