गृह मन्त्रालयले भन्यो- मोबाइल,सामाजिक संजालमा आएका संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना भ्रामक

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

गृह मन्त्रालयले भन्यो- मोबाइल,सामाजिक संजालमा आएका संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना भ्रामक

काठमाडौं ।

गृह मन्त्रालयले आज मोबाइल, सामाजिक संजाल लगायतमा संकटकाल लाग्ने, कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाईएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो सूचना तथ्यहीन, भ्रामक, निराधा र गलत भएको जानकारी गराएको छ ।

मन्त्रालयले सो घटनालाई गंभीरतापूर्वक लिएको र सो बारेमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ ।

आज रातीदेखि नै केहि मोबाइल फोनहरुमा एसएमएसमार्फत देशभर कर्फ्यु लाग्नसक्ने र घरबाट बाहिर नजानका लागि भन्दै सूचना प्रवाह गरिएको थियो । जसको बारेमा सामाजिक संजालमा पनि चर्चाहरु भएका थिए ।

सो घटनामा नेपाल दूरसञ्चार प्राधिकरणले समेत अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार कुनै एक भास सेवा प्रदायकलाई ह्याक गरेर सो सामूहिक एसएमएस पठाईएको पाईएको बताईएको छ ।

यसबारेमा थप अनुसन्धान भईरहेको छ ।

यो पनि हेर्नुहोस्-

कसले पठायो मध्यरातमा त्रासदीपूर्ण एसएमएस ? दूरसञ्चार प्राधिकरणले अनुसन्धान गर्दै

 

easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार