चीनमा फाइभजी सेवाग्राहीहरुको वृद्धिदर निरन्तर बढ्दो क्रममा: रिपोर्ट

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

चीनमा फाइभजी सेवाग्राहीहरुको वृद्धिदर निरन्तर बढ्दो क्रममा: रिपोर्ट
Classic Tech
Nepal Telecom

चीनमा ५जी सेवाग्राहीहरुको वृद्धिदर निरन्तर स्थाईरुपमा बढिरहेको छ । जसले गर्दा सन् २०२० को अन्त्यसम्ममा चिनमा १८ करोड ५० लाख ५जी सम्पर्क भएका डिभाइसहरु प्रयोगमा आउने देखिएको छ ।

डिजिटाइम्स रिसर्चकाअनुसार चीनमा पहिलो अर्ध वार्षिकमा ६ करोड ६० लाख यूनिट पुगेको देखिएको छ ।

पहिलो अर्ध वार्षिकमा चीनभित्र ४ लाख ५जी बेस स्टेशनहरु निर्माण भएपछि चिनियाँ टेलिकम अपरेटरहरुले अर्को आधा वर्षमा थप अढाई लाख देखि ३ लाख ५जी बेस स्टेशन निर्माण गर्ने काम गरिरहेका छन् ।

५जी पूर्वाधारहरुको निर्माणकोक्रममा देखिएको वित्तीय समस्यालाई कमगर्न चाइना मोबाइलले आफ्नो ५जी पूर्वाधारहरु चाइना ब्रोडकास्ट नेटवर्कसँग साझेदारी गर्ने सम्झौता गरेको छ भने चाइना टेलिकमले नेटवर्क शेयरिंगको लागि अर्को टेलिकम कम्पनी चाइना यूनिकर्नसँग सम्झौता गरेकोछ ।

चीनका प्रमुख ३ टेलिकम अपरेटरहरु चाइना मोबाइल, चाइना टेलिकम, चाइना यूनिकमको संयुक्त लगानी कुल ८८ अर्ब चिनियाँ यूआन अर्थात करिब १३.०९४ अर्ब डलर सन् २०२० को पहिलो अर्ध वार्षिकमा भएको छ ।
र सो रकम योवर्षको अन्त्यसम्ममा १८० अर्ब यूआन पुग्नेछ जून गत वर्षको खर्चको तुलनामा ३३८ प्रतिशतले बढि हो ।

५जी नेटवर्कमा हुने ठूलो लगानी निर्माणका बाबजुद तीन टेलिकम अपरेटरहरुले अझै आफ्नो वित्तीय परिणाममा सुधार भएको पाएका छन् ।

TK Viber

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

Comments are closed.

Loading...