नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा नै ८० प्रतिशत चार्ज हुने

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा नै ८० प्रतिशत चार्ज हुने

काठमाडौं ।

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ईभी ‘निशान लिफ’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीमा विद्यामान करलाई वृद्धि गरिए पश्चात सो गाडीको सार्वजनिक कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ अप्रिलमा लन्च हुने भएको छ ।

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ ।

निशान लिफ निसानको विद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो। निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको छ । यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ ।

अधिक हर्शपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ईपेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।

ईपेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

Global Bank
easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

ताजा समाचार