नेपाल बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा निशुल्क दिने

Technology Khabar २ कार्तिक २०७७, आईतवार

नेपाल बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा निशुल्क दिने

काठमाडौं ।

नेपाल बैंक लिमिटेडले ८४औं वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले कार्तिक १ गते देखी निक्षेप खाताहरूमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो शेयर, सीआश्वा र भीसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।

यसका साथै बैंकले बिभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने जनाएको छ ।

नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउँदै आइरहेको जनाएको छ।

easy care

प्रकाशित: २ कार्तिक २०७७, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार