उत्कृष्ट फ्रन्ट क्यामरा विशेषताहरुको साथ भिभोको भी२० स्मार्टफोन नेपालमा

Technology Khabar २ कार्तिक २०७७, आईतवार

उत्कृष्ट फ्रन्ट क्यामरा विशेषताहरुको साथ भिभोको भी२० स्मार्टफोन नेपालमा
Classic Tech

विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० आज नेपाली बजारमा उपलब्ध गराएको छ । भी२० मा रहेको ४४ मेगापिक्सेल आई अटोफोकस क्यामरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकस सक्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ भी२० स्लिम र लाईटवेट पनि छ र ७.३८ एमएम अल्ट्रास्लीक एजी ग्लास रहेको छ जसले युवा प्रयोगकर्ताहरुको द्रूत गति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा ६४ मेगापिक्सेल क्यामराको साथमा सूपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ । यो ३३ वाट फ्ल्याश चार्ज क्षमताद्वारा समर्थित छ जसले भी२० लाई दिनभर प्रयोगमा रहन सक्षम बनाउँछ ।

भिभो नेपाल भन्छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । हामी सेल्फी क्रेज, फोटोग्राफी चलन र रचनात्मक मस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी२० को साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँ विशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी२० मा अटोफोकस क्यामरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”

उत्कृष्ट अटो–फोकस क्षमताको साथ अग्रिम क्यामरा प्रविधि

भी२० को अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको छ जसले सेल्फी प्रेमीहरुका लागी सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्दछ ।

स्मार्टफोनमा ४४ मेगापिक्सेल आई अटोफोकस विशेषता रहेको छ जसले जीवनको हरेक पल अत्यन्तै सहज र स्थिर रुपमा कैद गर्न सकिन्छ । यस विशेषताले सेल्फी लिँदा तस्बिरको फोकस सधैँ कायम रहन्छ । यसको लेन्स आई अटोफोकससँग सुसज्जित छ जसले चलिरहेको वस्तुहरुमा फोकस गर्न अग्रिम एल्गोरिदमहरुको प्रयोग गर्दछ । यसको शक्तिशाली सब्जेक्ट्–ट्रयाकिंग प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याँउछ ।

उक्त विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गदर्छ । यस विशेषताबाट सेल्फी प्रेमी र सामाग्री सर्जकहरुले निकै लाभ उठाउन सक्छन् ।

  • सूपर नाइट सेल्फी उत्कृष्ट अटोफोकस विशेषताको साथ, प्रयोगकर्ताहरुले अध्याँरो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट–उज्याँलो सेल्फीहरु लिन सक्नेछन् । भिभो भी२० को विभिन्न एक्स्पोजर र नोईज–क्यानसिलेशन्–एल्गोरिदमले अध्याँरोमा पनि अनुहारको अत्यधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ । साथै, औरा स्क्रीन लाइटले स्वत रुपमा उत्कृष्ट सेल्फीको लागी प्रकाश मिलाउँदै तस्बिरमा उत्तम रंग तापमान र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।
  • ड्यूल भ्यू भिडियो यस विशेषताले दुवै फ्रन्ट र रियर क्यामरा एकै पटक प्रयोग गरि भिडियो रेकर्ड गर्न सकिन्छ । यस विशिष्ट विशेषताले दुवै फ्रन्ट र रियर क्यामराको फुटेज जोड्दछ जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा अन्तरक्रियात्मक भिडियो रेकर्ड गर्न सक्छन् ।
  • स्लोमो सेल्फी भिडियोः यस स्लो–मो विशेषताबाट प्रयोगकर्ताहरुले वास्तविक क्षणहरु रेकर्ड गरि समयको गति नियन्त्रण गर्न सक्छन् । यस विशेषता मार्फत प्रयोगकर्ताहरुले २४० फ्रेम प्रति सेकेण्ड को मजा लिँदै, छिटो र ढिलो गतिमा स्विच गर्न सक्छन् ।
  • स्टेडिफेस सेल्फी भिडियोः प्रयोगकर्ताहरुको फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई स्टेडिफेस सेल्फी भिडियो विशेषताले थप पूर्ण बनाँउछ । यसले अनुहारमा फोकस केन्द्रित गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरिरको चालको कारणले हुने धमिलो ईमेजहरु घटाउँदछ । यसमा रहेको फेस–डिटेक्सन्–एल्गोरिदमले भिडियो लिँदा स्थिरता दिलाउँछ ।
  • फोरके सेल्फी भिडियोः यस फोरके सेल्फी भिडियो मोडले फोरके रिजोलुशनको साथ भिडियोहरुमा थप निखार प्रदान गर्दछ । यस विशेषताले आकर्षक र लोभलाग्दो ईफेक्टसहरु प्रयोग गर्नको लागी एडिटिङ–टुल–किट प्रदान गर्दछ ।
  • मल्टी स्टाईल पोट्रेट र एआर स्टीकर्सः यी दुई विशेषताहरु होशियारीका साथ निजीकृत रंग र फेस–ब्यूटी समर्थन गर्नका लागि बनाईएको हो । यी विशेषताहरुले फाटो– स्टाईल–इफेक्ट्स्को एक विस्तृत विविधताको लागी प्रयोगकर्ताहरुको रचनात्मक माग पूरा गर्दछन् ।

६४ मेगापिक्सेल मुख्य रियर क्यामरा प्लस ८ मेगापिक्सेल मल्टी फंगसन क्यामरा (सुपर वाईड एंगल/बोके/सुपर म्याक्रो) प्लस२ एमपी मोनाो क्यामरा सेटअपले अल्ट्रा–क्लियर र हाई– डिफिनिशन फोटोग्राफी अनुभव प्रदान गर्दै जीवन्त, जटिल विवरणहरु कैद गर्छ जुन मजाले जुम गर्दापनि स्पष्ट रहन्छ ।

मल्टी फंगसनल क्यामराले सुपर म्याक्रो, बोकेह र ब्ल्याक एण्ड ह्वाईट ईफेक्ट्स्हरुको साथ फोटोग्राफीको लागी धेरै परिप्रेक्ष्यहरु सिर्जना गर्दछ ।

भी२० रियर क्यामराले पनि ग्राहकहरुको जीवनको क्षणहरु कैद गर्नकालागी

  • सूपर नाइट मोडः रातको समयमा फोटोग्राफी गर्नुको अनुभवमा भी२० रियर क्यामराको सुपर नाईट मोडले विशेष फिल्टरहरुबाट अन्धकारमा लुकेका छायाहरुलाई कैद गर्दै थप पूर्णता दिलाउँछ । साथै, नयाँ ट्राइपड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ।
  • मोसन अटोफोकसः यस विशेषताले चलिरहेको वस्तुहरु ट्रयाक गर्दछ । कुनै पनि व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट्याप गरेपछि, पुरा फ्रेमभरि नै त्यसैमा निरन्तर फोकस बसिरहन्छ।

निकै होसियारी साथ तयार गरिएको स्लिक डिजाईन र कलर प्लेट

भी२० आफ्नो अल्ट्रा–स्लिक र स्टाईलिस् कलर प्लेटको साथमा शानदार देखिने स्मार्टफोनको उत्तम उदाहरण बनेको छ जुन युवाहरुको स्मार्ट र विकसित जीवनशैलीसँग सजिलै मेल हुन्छ । यसमा ७.३८ एमएम अल्ट्रास्लीक डिजाइन र २.५डी को आकार मात्र १७१ ग्राम वजन रहेको छ। यसमा रहेको ६.४४ इन्च एमोलेड फूलएचडी डीस्प्लेले रंगहरुलाई एकदम जीवन्त बनाउँछ।

  • भी२० मा रहेको एजी ग्लास टेक्नोलोजी र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामरा सेटअपको साथमा यो एक प्रिमियम लुक भएको स्मार्टफोन हो जसले युवा जीवनशैलीलाई थप पुरक गर्दछ । भी२० को समग्र सौन्दर्यशास्त्र एक फेशनेबल र ट्रेन्डी सेल्फी–प्रेमी पुस्तालाई प्रभावित गर्ने हिसाबले डिजाईन गरिएको छ।
  • एजी ग्लास टेक्नोलोजीः भी२०को ब्याक कभरमा एजी ग्लास प्रविधि रहेको छ जसले राम्रो पकड दिन्छ । एजी मेट ग्लासले धुलो रहित र स्क्रयाच प्रतिरोध लुक प्रदान गर्छ र यो ग्लासले एक नरम स्पर्श प्रदान गर्दै स्मार्टफोनको सतहलाई थप परिष्कृत गर्दछ ।
  • ड्यूल टोन स्टेपः भी२०मा होसियारीका साथ अदितीय रुपमा फ्लाश पहिलो तहमा छ र क्यामेराहरु दोस्रो तहमा राखी तयार गरिएको छ । पछाडिको रियर क्यामरा राम्ररी पातलो तहहरुमा संगठित छन् ।
    भिभो भी२० का रंगहरु प्रकृतिको रहस्यमय सुन्दरताबाट प्रेरित छन् । यो दुई फेशनेबल रंगहरुमा उपलब्ध छ जुन विशेष रुपमा प्रयोगात्मक युवाहरुको फेशन भावना र आत्म अभिव्यक्तिसँग मेलखाने रुपमा डिजाईन गरिएको छ ।
  • मिडनाइट ज्याजः यसको सिग्नेचर रंग हो । यो रहस्यमय र ऊर्जाले भरिएको छ र अराजकताको बीचमा दृढ रहनको लागी शान्ति र आत्मविश्वास प्रदान गर्दछ ।
  • सनसेट मेलोडीः सूर्यास्त हुँदा समुद्रि किनारहरुको सम्झना दिलाउने न्यानो रंगहरुबाट प्ररित रहेको छ ।

पावर–प्याक्ड प्रदर्शनी

भी२० दुबै डिजाईन एक्सेसरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागी एक शक्तिशाली कम्प्यूटिंग उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केहि विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।

  • प्रोसेसर र स्टोरेजः भी २० मा क्वालकम स्न्यापड्रागन ७२०जी प्रोसेसरको क्षमता रहेको छ जसले एप्लिकेशन र गेमहरुको लागी ८जीबी र्याम र १२८जीबीको लागी उत्कृष्ट प्रदर्शनी प्रदान गर्दछ । साथै,फनटच ओएस ११ (एन्ड्रोयड ११ मा आधारित)ले अवरोधहिन प्रयोगकर्ता अन्तक्रियाको लागी फोनलाई सक्षम बनाएको छ ।
  • ब्याट्रीः भी२० मा ४००० एमएएच ब्याट्रीको साथमा ३३ वाटट फ्ल्याशचार्ज रहेको छ जसले बिजुलीको गतिमा ६५ प्रतिशतसम्म ब्याट्री भर्न सक्छ । बलियो ब्याट्री र फ्ल्याशचार्जको साथमा प्रयोगकर्ताहरुले थप सहज मोबाईल अनुभव लिन सक्छन् र विभिन्न अवस्थाहरुमा आफुलाई रेकर्ड गर्न सक्छन् ।
  • मल्टि टर्बोः यस मल्टि टर्बो विशेषताले टर्बो प्रविधिहरुबाट भी२० को समग्र प्रदर्शन बढाउँदछ । अत्यधिक उत्कृष्ट र जोडदार गेमिंग अनुभवको लागी गेम टर्बो पनि साथमा रहेको छ ।
  • मेमोरी रिकलरः यस अदितिय विशेषताले प्रयोगकर्ताहरुलाई पुराना सम्झनाहरु जीवित बनाउँन मदत गदर्छ । यो आकर्षक विशेषताले तुरुन्तै अस्पष्ट पुराना तस्बिरहरुमा स्पष्टता पुनर्स्थापित गर्दछ र यसको स्मार्ट कलरिंग उपकरणले रंगलाई अझ बढाउँदछ।

उपलब्धता विवरण
भी२० तपाईको नजिकको बजारमा १८ अक्टोबर, २०२० बाट रु. ४७,९९० मा उपलब्ध रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७, आईतवार

Leave a Reply

Loading...