गूगलले अर्को बर्ष सम्ममा ह्यागआउट्स बन्द गर्ने, डाटालाई गूगल च्याटमा लाँदै

Technology Khabar २ कार्तिक २०७७, आईतवार

गूगलले अर्को बर्ष सम्ममा ह्यागआउट्स बन्द गर्ने, डाटालाई गूगल च्याटमा लाँदै

काठमाडौं ।

गूगलले घोषणा गरिसकेको छ कि यसले अर्को बर्ष सम्ममा ह्यागआउट्स बन्द गर्नेछ र गूगल च्याटमा शिफ्ट गर्नेछ।

गूगलले आधिकारिक घोषणामा भने कि यो २०२१ को पहिलो अर्ध वार्षिकमा गूगल ह्यागआउट्सलाई रिटायर गर्नेछ।

गूगलले बताएअनुसार ह्यागआउट्स प्रयोगकर्ताहरू गूगल च्याटमा कुनै शुल्क बिना नै हस्तान्तरण हुनेछन्। प्रयोगकर्ताहरूले सजिलैसँग च्याट हिस्ट्रि र सम्पर्कहरू नयाँ च्याट प्लेटफर्ममा ट्रान्सफर गर्न सक्षम हुनेछन्। यसको मतलब गूगल ह्यागआउट्स अब गूगल च्याटमा परिवर्तन हुनेछ।

हाल यो परिवर्तनको लागि लाग्ने समयको बारेमा स्थिति स्पष्ट छैन। यस भन्दा पहिले गूगलले ह्यागआउटसलाई च्याट वा गूगल मिटसँग मर्ज गर्न सुझाव दिएको थियो। गूगलले भनेको छ कि आफ्नै स्ट्यान्डअलोन एप ल्याउनुका साथै वेब क्लाइन्ट र जीमेल एपको लागि समर्पित सेक्सन पनि हुनेछ।

च्याट हाल गूगल वर्कस्पेसका प्रयोगकर्ताहरूका लागि जीमेल एपमा उपलब्ध छ। गूगलले भन्छ कि ह्यागआउट्स प्रयोगकर्ताहरूले थप सुविधाहरू जस्तै इनबक्स, फास्टर सर्च, इमोजी आदि च्याट एपमा प्राप्त गर्नेछन्। गुगल ह्यगआउट्समा जोडिएको फाई (Fi) गूगलको सन्देश प्रयोग गर्नका लागि उपलब्ध हुनेछ।

फाई का प्रयोगकर्ताहरूले भ्वाइस कल र भ्वाइस मेसे‍ज जाँच गर्न विकल्प पाउनेछन् ताकि डिभाइसमा भएका मेसेजहरु व्यवस्थित गर्न सक्दछन्। यो परिवर्तन यस महिनादेखि नै देख्न सकिनेछ। त्यस्तै, गूगल भ्वाइस प्रयोग गर्ने प्रयोगकर्ताले स्ट्यान्डअलोन एप प्रयोग गर्न सक्षम हुनेछ। यस भ्वाइस कलिङ्ग एपमा नि: शुल्क कलिंगको मजा लिन सकिन्छ।

गुगलले ह्यागआउटसबाट बाहिर निस्कने निर्णय गरेको छ, त्यसैले प्लेटफर्ममा उपलब्ध रहेका सेवाहरू पनि यस बर्षदेखि बन्द हुनेछ। युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा यस महिना देखि फोन कल सुविधा बन्द हुनेछ। भनिन्छ कि यो नयाँ टेलिकम्युनिकेशन्स नियमनको कारण हुनेछ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ कार्तिक २०७७, आईतवार

ताजा समाचार