‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ योजना, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

Technology Khabar १ कार्तिक २०७७, शनिबार

‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ योजना, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

काठमाडौं ।

फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने बताएको छ ।

कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिने कम्पनीले जानकारी दिएको छ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १ कार्तिक २०७७, शनिबार