जूमका सबै प्रयोगकर्तालाई ईन्ड-टु-ईन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने

Technology Khabar १ कार्तिक २०७७, शनिबार

जूमका सबै प्रयोगकर्तालाई ईन्ड-टु-ईन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमका सबै प्रयोगकर्तालाई अब ईन्ड टु ईन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ । यो सुबिधा प्रयोगकर्ताका लागि केहि दिनदेखि नै उपलब्ध हुन सुरु गर्नेछ ।

यो फिचर सबैले प्राप्त गर्ने भएता पनि यसलाई सबैले म्यानुअल्ली अर्थात प्रयोग गर्ताले नै अन गर्नुपर्ने हुन्छ । यसअघि यो फिचर सशुल्क सेवाग्राहीहरुका लागि मात्रै उपलब्ध थियो ।

यो फिचर चलाउन होस्ट वा एडमिनले अन गर्नुपर्ने हुन्छ । मिटिङ स्क्रीनको माथि पट्टी हरियो रङ्गको शिल्ड देखिन्छ । त्यो मिटिङ ईन्ड टु ईन्ड इनक्रिप्टेड हुन्छ ।

जूममा यत्तिकै १ हजार व्यक्ति सम्म राखेर मिटिङ गर्न मिल्छ भने इण्ड टू इण्ड इनक्रिप्सन अन गरेपछि चाहिँ २०० जना मात्रै राखेर मिटिङ गर्न सकिन्छ ।

यो फिचर ३० दिनको लागी बेटा फेजमा उपलब्ध हुन्छ । यसले गर्दा कम्पनीलाई प्रतिक्रिया पनि लिन सजिलो हुने बताइएको छ । एजेन्सी

प्रकाशित: १ कार्तिक २०७७, शनिबार

Leave a Reply

Loading...