ह्वावेको नोभा सेभेन एसई ५जी यूथ स्मार्टफोन सार्वजनिक, डाइमेन्सिटी ८००यु चिपसेट प्रयोग

Technology Khabar ३० आश्विन २०७७, शुक्रबार

ह्वावेको नोभा सेभेन एसई ५जी यूथ स्मार्टफोन सार्वजनिक, डाइमेन्सिटी ८००यु चिपसेट प्रयोग

टेक जायन्ट ह्वावेले गत अप्रिलमा नोभा सिरिजमा नोभा सेभेन एसई स्मार्टफोन लन्च गरेको थियो । जसमा किरिन ८२० चिपसेट ५जी सपोर्ट रहेको थियो । अब भने कम्पनीले सोहि फोनको अर्को भेरिएन्ट लन्च गरेको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले नोभा सेभेन एसई ५जी यूथ लन्च गरेको हो । जसमा मिडिया टेकको डाइमेन्सिटी ८००यु चिपसेट प्रयोग गरिएको छ ।

यो फोनमा चिपसेट बाहेक अन्य स्पेशिफिकेसनहरु भने नोभा ७ एसई ५जीकै नै रहेको छ ।

फोनमा ६.५ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले रहेको छ भने एन्ड्रोयड १० मा आधारित ईएमयूआई १०.१मा संचालन हुनेछ । यसको डिस्प्ले कर्नर प्वाइन्ट नोच डिजाइनमा रहेकोछ ।

फोनमा पावरको लागि ४,००० एमएएच ब्याट्री प्याकका साथमा ४० वाटको चार्जर उपलब्ध रहेको छ ।

नोभा सेभेन एसई ५जी यूथमा फोटोग्राफीको लागि क्वाड रियर क्यामरा सेटअप राखिएको छ जसमा ६४ मेगापिक्सेलको प्राथमिक क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामरा र १ मेगापिक्सेलको म्याक्रो क्यामराका साथमा २ मेगापिक्सेलको डेप्थ सेन्सर राखिएको छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यसमा फिंगरप्रिन्ट रिडर साइड माउन्टेड छ भने यो फोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ ।

हाल चिनियाँ बजारमा मात्र उपलब्ध रहेको सो स्मार्टफोनको मूल्य २,२९९ चिनियाँ यूआन अर्थात करिब ४१ हजार रुपैयाँ तोकिएकोछ । माध्यम

प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

Leave a Reply

Loading...