Technology Khabar ३० आश्विन २०७७, शुक्रबार
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैकले दशै र तिहारलाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पोइन्ट अफ सेलको माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ ।
अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पोइन्ट अफ सेलको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुने बैंकले जनाएको छ ।
विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार