कनेक्ट आइपिएस डिजिटल दक्षिणा, हरेक दिन १० जनालाई एक हजारको गिफ्ट भौचर

Technology Khabar ३० आश्विन २०७७, शुक्रबार

कनेक्ट आइपिएस डिजिटल दक्षिणा, हरेक दिन १० जनालाई एक हजारको गिफ्ट भौचर
Global IME Bank

काठमाडौं ।

दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले ‘मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै’ भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले वेबसाइट वा यसको मोबाईल एप्समा रहेको “ ट्रान्सफर डिजिटल दक्षिणा मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् ।

यसरी दक्षिणा पठाउने ग्राहकहरु मध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनीले जनाएको छ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाईनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपिएसको वेबसाइट, यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएसतथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार