जेफ बेजोसको रकेट कम्पनीद्धारा एक बर्षमा आफ्नो पर्यटन अन्तरिक्ष यानको पहिलो परीक्षण

Technology Khabar २९ आश्विन २०७७, बिहीबार

जेफ बेजोसको रकेट कम्पनीद्धारा एक बर्षमा आफ्नो पर्यटन अन्तरिक्ष यानको पहिलो परीक्षण

जेफ बेजोसले स्थापना गरेको रकेट कम्पनी  ब्लू ओरिजिनले आफ्नो पश्चिम टेक्सास टेस्ट साइटबाट मंगलबार पृथ्वीको कक्षको छेउमा अन्तरिक्ष पर्यटन रकेट प्रक्षेपण गरेको छ ।

यसका साथमा करीब एक बर्षमा रकेटको पहिलो परीक्षण उडानलाई चिन्हित गर्‍यो।

यो न्यू शेपर्ड नामक रकेटको १३ औं परीक्षण उडान गरिएको छ तर अझै यसले पनि मानव उडान गर्न सकेको छैन। ब्लू ओरिजिनले भुक्तानी गर्ने ग्राहकहरूलाई छोटो आनन्दको साथ अन्तरिक्षको कुनामा पठाउन चाहन्छ, तर कम्पनीले टिकट बेच्न शुरू गरेको छैन, न त यसको मूल्य नै घोषणा गरेको छ।

अहिलेसम्म, सो स्पेस भेहिकलले केवल विज्ञान प्रयोगहरू मात्र गरेको छ र, एक पटक म्यानिक्विन स्काइवाकर नामक टेस्ट डमी उडाएको छ।

मंगलबार परीक्षण उडानअन्तरगत गरिएको वेबकास्टको समयमा ब्लू ओरिजिनका सीईओ बब स्मिथले कम्पनी मानव उडानको लागि ‘धेरै नजिक’ रहेको बताए ।

न्यू शेपर्डमा दुई टुक्रा हुन्छन् – सानो गुम्बज आकारको क्याप्सुलमा आयताकार झ्यालहरुको साथ, र ६० फिट अग्लो रकेट बूस्टर जसले बाह्य अन्तरिक्षतिर तर्फ जानको लागि क्याप्सुललाई ध्वनिको गतिमा तीन गुणा माथि लैजान्छ।

न्यू शेपर्डले मंगलबार परीक्षण प्रक्षेपणको क्रममा नासाका लागि धेरै प्रयोगहरू उडाएको थियो । एजेन्सी

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

Leave a Reply

Loading...