डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानलमा बलिउड चलचित्र “का पे रनसिंगम” रिलिज हुँदे

Technology Khabar २९ आश्विन २०७७, बिहीबार

डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानलमा बलिउड चलचित्र “का पे रनसिंगम” रिलिज हुँदे
Classic Tech

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ ।

असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र “का पे रनसिंगम” सत्य घटनामा आधारीत, सामाजिक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरि असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीली” हेर्न चाहनुहुने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नेछन् ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगम” अथवा “खाली पीलीर्” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

Loading...