फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रिवार्ड प्वाइन्ट घटाउन पाईने

Technology Khabar २९ आश्विन २०७७, बिहीबार

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रिवार्ड प्वाइन्ट घटाउन पाईने
Classic Tech

ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ ।

उपभोक्ताले फोन पे मार्फत कारोबार गरि फोन पे अफर एपमा २ हजार रिवार्ड प्वाइन्ट जम्मा गरी फ्ल्यास सेलमा खसी किन्दा रिडिम गर्न पाउनेछन् ।

उपभोक्ताले रिर्वाड प्वाइन्ट यसरी प्राप्त गर्न सक्नेछन् ?
उपभोक्ताले कुनै सामान खरिद गर्दा फोन पे क्युआर कोड आफ्नो मोबाइल बैकिङ एप मार्फत स्क्यान टु पे गरी रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै युटिलिटिज लगायत अन्य पेमेन्ट आफ्नो मोबाइल बैकिङ एप मार्फत भुक्तानी गरी र फोन पे अफर एपमा रहेको च्यालेन्जहरु कम्प्लिट गरेर रिवार्ड प्राप्त गर्नेछन् । त्यस्तै आफ्नो मोबाइल बैकिङ एपमार्फत एउटा बैंक बाट अर्को बैंकमा फण्ड ट्रान्सफर गरेर पनि रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

रिवार्ड प्वाइन्ट रिडिम कसरी गर्ने ?
उपभोक्ताले फोन पे अफर एप डाउनलोड गरेर रिडिम विथ योर फोन पे प्वइन्टस्मा क्लिक गरी विभिन्न अफरहरु रिदिम गर्न सक्नेछन् । उपभोक्ताले
रेड्मी नोट ९, खसी, एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थियटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स लगायत अन्य अफरहरु रिडिम गर्न सक्नेछन् ।

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

Leave a Reply

Loading...