गूगलले बनायो खनिज बाली निरीक्षण गर्ने रोबोट, बाली बिरूवाको सबै जानकारी संकलन गर्ने

Technology Khabar २९ आश्विन २०७७, बिहीबार

गूगलले बनायो खनिज बाली निरीक्षण गर्ने रोबोट, बाली बिरूवाको सबै जानकारी संकलन गर्ने

गूगलको मूल कम्पनी अल्फाबेटले किसानहरुलाई बाली उत्पादन सुधार गर्न सहयोग पुर्‍याउने किसिमले प्रोटोटाइप रोबोटको अनावरण गरेको छ।

यी रोबोट बग्गीहरू अग्ला किसिमका छन र तिनीहरूले बिरूवाहरूलाई कुनै अवरोध बिना नै उनिहरुको अध्ययन र जानकारी लिन सक्छन्। यसलाई विरुवाहरुको माथिबाट नै चल्नेगरि संचालन गर्न सकिन्छ ।

यसको लक्ष्य भनेको कसरी बालीहरू कसरी बढ्छन् भन्ने बारे विशाल डाटा संकलन गर्नु हो।

प्रोजेक्ट मिनरल नामक परियोजना, अल्फाबेटको एक्स कम्पनीको हिस्सा हो, जसले कट्टरपन्थी विचारहरूबाट विश्व परिवर्तन गर्ने टेक्नोलोजी सिर्जना गर्ने लक्ष्य राख्छ।

एक ब्लग पोष्टमा, प्रोजेक्टका नेतृत्वकर्ता इलियट ग्रान्टले भने, ‘हामी आशावादी छौं कि राम्रो उपकरणले कृषि उद्योगलाई खानेकुरा कसरी उब्जाउँछ भनेर रूपान्तरण गर्न सक्षम बनाउनेछ।’

सो टोलीले यसको मुख्य लक्ष्य भनेको विश्वको खाद्यान्नको बढ्दो आवश्यकता र खाद्यान्नको वृद्धिदरको स्थिरतालाई सम्बोधन गर्नु रहेको बताएको छ।

तर हालका उपकरणहरूले किसानहरूलाई आवश्यक हुने किसिमको जानकारी दिदैनन्।

‘के हुन्छ यदि प्रत्येक बिरुवालाई अनुगमन गर्न सकिन्छ र ठीक आवाश्यक पोषण दिइन्छ भने ?’ ग्रान्टले लेखे, ‘यदि हामी बालीनाली उत्पादनको आनुवंशिक र वातावरणीय सूधारमा अनगन्ती गर्न सक्दछौं भने के हुन्छ ?’

‘जतिबेला किसानहरूसँग माटोमा रहेका सामाग्री वा मौसमको बारेमा जानकारी हुन सक्छ, बग्गी रोबोटले बिरुवाहरु कसरी वास्तवमा बढिरहेको र आफ्नो वातावरणलाई प्रतिक्रिया गरिरहेका थिए भनेर हेर्न डिजाइन गरिएको थियो, कम्पनीले भन्यो। बीबीसीबाट

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

Leave a Reply

Loading...