भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूमले यूजर कन्फ्रेन्स ‘जूमटोपिया २०२०’ गर्दै, यसरी हुनुस् सहभागी

Technology Khabar २९ आश्विन २०७७, बिहीबार

भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूमले यूजर कन्फ्रेन्स ‘जूमटोपिया २०२०’ गर्दै, यसरी हुनुस् सहभागी

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकले आफ्ना प्रयोगकर्ताहरुको लागि यूजर कन्फ्रेन्स गर्नेभएको छ ।

कम्पनीले यहि अक्टुबर १५ र १६ तारिखमा भर्चुअल माध्यमबाट यूजर्स कन्फ्रेन्स गर्न लागेको हो ।

जूमले हालै सबै प्रयोगकर्ताहरुलाई सो बारेमा ईमेल पठाएर जूमटोपिया २०२० लाईभ हेर्न सूचित गरेको छ ।

कम्पनीकाअनुसार जूमटोपियामा कम्पनीले आफ्ना नयाँ प्रडक्ट र अफरहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

सो यूजर कन्फ्रेन्सलाई कम्पनीका सिईओ एरिक एस यूआनले सम्बोधन गर्नेछन जसमा कम्पनीले आगामी दिनमा एकिकृत कम्युनिकेशन्स सर्भिस घोषणा गर्ने अनुमान गरिएको छ ।

त्यसैगरि कम्पनीले टेलिहेल्थको बारेमा थप जानकारि दिनसक्ने अनुमान छ भने डिस्टान्स लर्निंगका लागि प्राइभेसी र सेक्यूरिटीलाई ससक्त पार्ने किसिमको टूल ल्याउने अनुमान छ ।

सो कार्यक्रम नेपाली समयअनुसार बेलुकी ८ः४५ बजे हुनेछ ।

यदि तपाईँपनि यसलाई लाईभ हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर लगईन गरि सहभागी हुन सक्नुहुनेछ ।

easy care

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार