एप्पलको आईफोन १२ सिरिज आधिकारीकरुपमा कहिले आउँछ नेपाली बजारमा ?

Technology Khabar २८ आश्विन २०७७, बुधबार

एप्पलको आईफोन १२ सिरिज आधिकारीकरुपमा कहिले आउँछ नेपाली बजारमा ?

काठमाडौं ।

एप्पलले बहुप्रतिक्षित आईफोन १२ सिरिज हिजो मात्र एक भर्चुअल कार्यक्रम गरेर सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १२ सिरिजमा चार मोडलहरु लन्च गरेको हो ।

जसमा आईफोन १२, आईफोन १२ आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स रहेका छन् ।

कम्पनीले लन्च गरेको आईफोन १२को दुई मोडलमा ड्यूल क्यामरा फिचर छन भने प्रो भर्सनमा ट्रिपल क्यामरा सेटअप रहेको छ ।

एप्पलले लन्च गरेका यी चारवटै मोडलहरु नेपाली बजारमा पनि छिटै आउने भएका छन् ।

नेपाली बजारमा आधिकारीकरुपमा एप्पलका उत्पादनहरु आयात तथा बिक्री गरिरहेको जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स प्रालिले छिटै आईफोन १२ सिरिज लन्च गर्ने जानकारी दिएको छ।

कम्पनीकी निर्देशक निकिता भिमसरियाले आईफोन भित्र्याउने प्रकृया शुरु भईसकेको बताईन् ।

‘हामीले आईफोन छिट्टै ल्याउँदैछौं, यसको बारेमा आगामी साता केहि ठोस जानकारी आउनेछ,’ निर्देशक भिमसरियाले भनिन् ।

कम्पनीले आईफोन १२ को मूल्य पनि यसअघिको आईफोन ११ को हाराहारीमा नै हुनसक्ने जानकारी दिएको छ।

तर कम्पनीले कुन महिना बजारमा उपलब्ध गराउँछ भन्ने निश्चित बताएन्।

यसअघि कम्पनीले नेपालमा आईफोन एसई २०२० अनुमान गरेभन्दा छिट्टै लन्च गरेको आधारमा हेर्दा आईफोन १२ सिरिज पनि अन्तराष्ट्रिय बजारमा उपलब्ध हुने मितीमा नै आउने अनुमान भने गर्न सकिन्छ ।

जेन नेक्स्टको नाममा परिचित कम्पनीले नेपालसहित बंगलादेश, म्यानमार, श्रीलंका, मंगोलियासहित विश्वका १० देशहरुमा एप्पलका आधिकारिक उत्पादनहरु बिक्री गर्दै आएको छ ।

यसका साथै जेन नेक्स्टले आधिकारिक रुपमा डेल, एचपीका उत्पादनहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २८ आश्विन २०७७, बुधबार