क्लिन फिड प्रशारण कात्तिक ७ गतेदेखि नै लागू हुने, नभएमा कानूनअनुसार कारबाही

Technology Khabar २८ आश्विन २०७७, बुधबार

क्लिन फिड प्रशारण कात्तिक ७ गतेदेखि नै लागू हुने, नभएमा कानूनअनुसार कारबाही
Classic Tech
Nepal Telecom

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयमा नै क्लिन फिड लागू नगरेमा कानूनअनुसार कारबाही गर्ने भएको छ ।

मन्न्रालयले कानूनमा नै कात्तिक ७ गते क्लिन फिड लागु हुने कुरा उल्लेख भएको भन्दै तोकिएको समयमा नै क्लिनफिड लागु गर्न सबैलाई स्पष्ट पारेको हो ।

मन्त्रालयले सार्वजनिक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न संघ संस्थाहरुले क्लिन फिडको लागि समय माघ गरेको बारेमा ध्यानाकर्षण भएको भन्दै समय थप नहुने उल्लेख गरेको छ ।

विज्ञापन नियमन एैन २०७६ अनुसार कात्तिक ७ गतेभित्र क्लिनफिड प्रशारण गर्नुपर्ने कानूनी व्यवस्थाको बारेमा स्मरण गराउँदै तोकिएको समयमा नै शुरु हुने स्पष्ट पारेको हो ।

मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले म्याद थप गर्ने बारेमा मन्त्रालयको ध्यानाकर्षण भएको भएपनि कानूनमा नै उल्लेख गरेर १ वर्षको तयारी अवधि दिएको बताएका छन् ।

कानूनअनुसार नै क्लिन फिड प्रशारण हुने भन्दै कात्तिक ७ गतेभित्र प्रशारण नभएमा कानून बमोजिम हुने जानकारी दिएका छन् ।

TK Viber

प्रकाशित: २८ आश्विन २०७७, बुधबार

Comments are closed.

Loading...