गाईको गोबरबाट बनाएको एन्टि रेडिएसन चिप आयो, मोबाइलको बिकिरण घटाउने दाबी

Technology Khabar २७ आश्विन २०७७, मंगलवार

गाईको गोबरबाट बनाएको एन्टि रेडिएसन चिप आयो, मोबाइलको बिकिरण घटाउने दाबी
Classic Tech

भारतको एक सरकारी निकायले गोबरबाट एन्टि रेडिएसन चिप बनाएको दाबी गरेको छ ।

भारतका राष्ट्रिय कामधेनु आयोगका अध्यक्ष वल्लभभाई कथिरियाले गोबरबाट एन्टि रेडिएसन चिप बनाएको दावी गरेका छन। उनले गोबरले बनेको चिपले विकिरण हटाउन सक्ने क्षमता राख्ने बताउँदै उनले गोबरले बनेको चिप लन्च गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

वल्लभभाई कथिरियाले भने, ‘हामीले देख्यौं कि यदि हामीले यसलाई सँगै राख्यौं भने मोबाइल विकिरण ठूलो हदसम्म कम गर्दछ। उनले गाईको गोबरले सबैलाई जोगाउने भन्दै यदि घरमा यो राखिएमा घर विकिरण मुक्त हुने जिकिर गरे ।

‘गौसत्व कवच’ चिपको बारेमा उनले भने, ‘यो विकिरण चिप हो, जुन तपाईं आफ्नो मोबाइलमा राख्न सक्नुहुन्छ। यदि तपाईं रोगबाट बच्न चाहनुहुन्छ भने निश्चित रूपमा यसलाई प्रयोग गर्नुहोस्।’

‘गौसत्व कवच’ भारतमा राजकोटको श्रीजी गौशालाले विकसित गरेको हो ।

काथिरियाले भने कि भारतमा ५०० भन्दा बढी गौशालाले एन्टि रेडिएसन चिप्स बनाउँदैछ। ती भारु ५० देखि १०० मा किन्न सकिनेछ। एउटा गौशालाले त अमेरिकामा पनि चिप निर्यात गर्दैछ र त्यो त्यहाँ लगभग १० अमेरिकी डलरमा बेचेको छ।

चिपमा काम गर्ने विज्ञका अनुसार हालसम्म गरिएको अनुसन्धानले मोबाइल रेडिएसनको प्रभाव रोक्न देशमा गोबर प्रभावकारी भएको पाईएको छ। चिप यस्तो तरिकाले डिजाइन गरिएको छ कि गोबरले भरिएपछि पनि यसबाट गन्ध आउँदैन। यो मोबाइल फोनको पछाडि लगाउनुपर्नेछ । चिप गोबरले भरिएपछि यसले एक हप्तासम्म विकिरणबाट बचाउँदछ। त्यसपछि भने गाईको गोबर परिवर्तन गर्नुपर्नेछ। एजेन्सीका साथ

 

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

Leave a Reply

Loading...