काठमाडौं ।
प्रदेश नम्बर १ मा विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्नका लागि ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना गरिने भएको छ ।
अनुसन्धान केन्द्र स्थापना को लागि प्रदेश सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ ।
प्रदेश नं. १ को सामाजिक बिकास मन्त्रालयको उच्च सक्रियतामा बिराटनगरमा अबस्थित मनमोहन प्राबिधिक बिश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रको बिचमा सहकार्य गरि ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना गरी संचालन गर्नको लागी सहयोग आदान प्रदान गर्ने सम्झौता भएको आविश्कार केन्द्रका संस्थापक महाबिर पुनले ट्विटरमार्फत जानकारी दिए ।
हिजो प्रदेश नं. १ को सामाजिक बिकास मन्त्रालयको उच्च सक्रियतामा बिराटनगर अबस्थित मनमोहन प्राबिधिक बिश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रको बिचमा सहकार्य गरि "मनमोहन अनुसन्धान केन्द्र" स्थापना गरी संचालन गर्नको लागी सहयोग आदान प्रदान गर्ने कुरामा Zoom Meeting मार्फत सम्झौता भयो pic.twitter.com/Bcpye8lmPS
— Mahabir Pun (@MahabirPun) October 13, 2020
सो सम्झौता भर्चुअल माध्यमबाट गरिएको थियो ।
सम्झौताअनुसार कृषि, नवप्रवर्तन, प्रविधि, शिक्षा लगायत ११ वटा क्षेत्रमा दुबै पक्षबिच सहकार्य हुनेछ ।
अनुसन्धान केन्द्रमा आधारित रहेर बिश्वबिद्यालयले अनुसन्धान केन्द्र स्थापना गर्नका लागि आवश्यक आर्थिक भौतिक लगायतका सुबिधा उपलब्ध गराउने छ भने आविश्कार केन्द्रले अनुसन्धानका लागि आउने प्रस्तावहरुलाई सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार