एप्पलको आईफोन १२ नयाँ लाइनअपमध्ये बेस्ट सेलर हुने विश्लेषक कुओको अनुमान

Technology Khabar २७ आश्विन २०७७, मंगलवार

एप्पलको आईफोन १२ नयाँ लाइनअपमध्ये बेस्ट सेलर हुने विश्लेषक कुओको अनुमान
Global IME Bank

काठमाडौं ।

एप्पलले अक्टुबर १३ अर्थात आज ‘हाई स्पीड’ कार्यक्रममा आफ्नो नयाँ आईफोन लाइनअप शुरू गर्न गइरहेको छ।

सो इभेन्टमार्फत हामी चार नयाँ स्मार्टफोन लन्च हुने आशा गर्छौं र विश्लेषक मिंग ची कुओका अनुसार दोस्रो सबैभन्दा सस्तो विकल्पले धेरै भन्दा धेरै पैसा कमाउनेछ।

कुओका अनुसार नयाँ लाइनअपको बेस्टसेलर नियमित एप्पल आईफोन १२ हुनेछ, जसमा कुल शिपमेन्टको करिब ४० प्रतिशत सो मोडलको बजार हिस्सा हुनेछ।

उनको भविष्यवाणीहरुले भन्छ कि आईफोन १२ मिनी, आईफोन १२ प्रो, र आईफोन १२ प्रो म्याक्सको लागी करिब २० प्रतिशत र आईफोन १२ लाई आधा हिस्सा प्राप्त हुनेछ। जसमा ६.१ इन्चको स्क्रीन र ड्यूल क्यामरा सेटअप हुनेछ ।

कुओले यो पनि खुलाशा गरे कि आईफोन १२ मिनीको मूल्य बजारमा सबभन्दा सस्तो हुनेछ, यद्यपि यसको सानो स्क्रीन साइजको कारण यसले ग्राहकहरुलाई लोभ्याउने छैन।

हाल आएका जानकारीहरुले भन्छन् कि यसको मूल्य ६९९ अमेरिकी डलरबाट सुरू हुनेछ, जबकि आधारभूत आईफोन १२ को लागत ७९९ अमेरिकी डलर हुनेछ।

ग्राहकहरूले उनीहरूको नयाँ आईफोन ५जी सपोर्ट गर्ने किसिमको छ कि छैन भन्नेमा ध्यान दिनेछन र खरीद गर्दा मूल्य ट्यागमा केन्द्रित हुनेछन्।

आईफोन १२ लाई हेर्दा आईफोन ११ लाईनअपको तुलनामा बजारमा अलि कमजोर प्रदर्शन हुने अपेक्षा गरिएको छ।

यसको दुई कारण मध्ये एउटा कारण पछिल्लो लन्च समय ढिला हुनु हो भने अर्को कारण कोभिड १९ महामारी हो जसले विश्व अर्थव्यवस्थामा प्रभाव पारेको छ। एजेन्सी

Sajilo Visa

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया