एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म रकम फिर्ता पाईने

Technology Khabar २६ आश्विन २०७७, सोमबार

एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म रकम फिर्ता पाईने

काठमाडौं ।

एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादसैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहक महानुभावहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत बजार इन्फिस्टोर कलमार्ट जस्तै ई–कमर्शबाट बैंकका ग्राहक महानुभावहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने छ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

बैंकले सस्तोडिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा रू.२००० सम्म, कलमार्टमा २५ प्रतिशत वा रू.१५०० सम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओकेदाममा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।

बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सकिने जनाएकोछ ।

easy care

प्रकाशित: २६ आश्विन २०७७, सोमबार