एस्कर्ट दशैं तिहार उपहार भरमार अफर

Technology Khabar २६ आश्विन २०७७, सोमबार

एस्कर्ट दशैं तिहार उपहार भरमार अफर

काठमाडौं ।

नेपालका लागी एस्कर्टस कन्ट्रक्सन ईक्यूपमेन्ट ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स प्रालिले एस्कर्टस मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ ।

सो अफर अन्र्तगत कुनै पनि एस्कर्टस मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम अप्लाएन्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्सले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ आश्विन २०७७, सोमबार