ह्वावेद्धारा “बैंकिङ्ग इन्डस्ट्रि राइजेज टु न्यु नर्मल” शिर्षकमा ह्वाइट पेपर जारी

Technology Khabar २६ आश्विन २०७७, सोमबार

ह्वावेद्धारा “बैंकिङ्ग इन्डस्ट्रि राइजेज टु न्यु नर्मल” शिर्षकमा ह्वाइट पेपर जारी

ह्वावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आईडिसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको को ग्लोबल प्रदायकले ह्वावे को साथमा (बैंकिङ्ग इन्डस्ट्रि राइजेज टु न्यु नर्मल) शिर्षकको ह्वाइट पेपर जारी गरेको छ।

यस प्रतिवेदनमा आईडिसी र ह्वावेले बैंकिङ्ग इन्डस्ट्रिमा कोभिड–१९ को प्रभाव बारे सर्भे गर्यो र बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ ।

यस प्रतिवेदनको अंशको रूपमा आईडिसी र ह्वावेले “बैंकिङ्ग रिसिलियेन्स सूचक” को विकास गरेको छ जसले बैंकिङ्गको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्दछ।

यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउँदछ, तथा बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आंकलन गर्न प्रयोग गर्न सक्दछ र भविष्यको सफलताको लागि कहाँ ध्यान दिने भनेर मार्गदर्शन प्रदान गर्दछ।

ह्वावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफर्महरूसहित एफएसआई सलुसनको विस्तृत प्रकार देखाउँदै छन् ।

यी सलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने एफएसआई वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरू बिरूद्ध उभिने मौका दिन्छ । हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय सेवाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा ह्वावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको दाबी गरेको छ।

यी अनुभवहरूले ह्वावेलाई यस रिपोर्टमा आईडिसीको साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिग सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ।

भविष्यलाई नियाल्दा खेरी आईडिसीले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्श निकाल्योः

  • च्यानल अपग्रेड – पूर्ण डिजिटल ग्राहक यात्रामा सर्दै
  • संचार पुनर्विचार– ग्राहकहरुलाई सेवा पुर्याइने तरिकामा परिवर्तन ल्याउने
  • इन्फ्रास्ट्रक्चर ओभरहल– हाइब्रिड क्लाउड र माइक्रोसर्भिसेस को निर्माण
  • डाटा र एनालिटिक्स पुनः परिभाषा– मजबूत डाटा लेक र एआई क्षमताको निर्माण
  • कार्यप्रवाह पुनः कल्पना – कागज र पिसीहरुबाट मोबाइल कार्यप्रवाहहरूमा उत्थान, र
  • प्लेटफर्म रूपान्तरण – उँभो लाग्दै गरेका प्रविधिहरू समावेश गर्दै जस्तै फाईभजी, एआई र आईओटी, इत्यादि।

यसका साथै बैंकिङ्ग रिसिलेन्स सूचक र फोकस क्षेत्रहरूले बैंकहरूको लागि मार्गदर्शन प्रदान गर्दछ, किनकि उनीहरूले ‘नयाँ सामान्य’ को निरन्तर चुनौतीहरूको सामना गर्ने बताईएको छ ।

ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्ने जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७७, सोमबार

Leave a Reply

Loading...