रेडमी नोट १० स्मार्टफोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुने

Technology Khabar २५ आश्विन २०७७, आईतवार

काठमाडौं ।

शाओमीको सब ब्राण्ड रेडमीले नोट १० स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने  रेडमी नोट १०मा १०८ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर हुनेछ । यो फोन नोभेम्बरमा लन्च हुने अनुमान गरिएको छ ।

यदि यो फोनमा १०८ मेगापिक्सेलको सेन्सर राखिएमा यो रेडमी ब्रान्डको पहिलो स्मार्टफोन हुनेछ, जुन उच्च रिजोलुसन सेन्सरको साथ आउनेछ ।

हालै एक लीकस्टरले चिनियाँ सोशल मिडिया वीबोमा पोष्ट शेयर गरेका छन् कि यो रेडमी फोन जे१७ नामक मोडेल नम्बरबाट आउनेछ र रेडमी नोट १० मा १०८ मेगापिक्सेलको सेन्सर हुनेछ।

यसभन्दा अघि लन्च भएको रेडमी नोट ९ लाई ४८ मेगापिक्सेल क्वाड रियर क्यामरा सेटअपको साथ प्रस्तुत गरिएको थियो । यो फोन नेपाली बजारमा समेत निकै रुचाईएको फोनमध्येमा एक हो ।

यदि १०८ मेगापिक्सेल क्यामरा रेडमी नोट १० मा राखिएमा यो अघिल्लो संस्करणको तुलनामा ठूलो अपग्रेड हुनेछ। रेडमी नोट १० सीरिज सबैभन्दा पहिले चीनमा लन्च हुनेछ ।

चीनपछि यो फोन नेपालसहितका बजारमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ । किनकी नेपालमा शाओमीको बजार हिस्सा निकै उल्लेख्य रहेको छ ।

हाल यो फोनको अन्य फीचर र स्पेशिफिकेसन बारे कुनै जानकारी आएको छैन् । एजेन्सीका साथ

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया