भिभोको सस्तो फाइभजी स्मार्टफोन ‘भीभो वाई७३एस’ सार्वजनिक, यस्तो छ फीचरहरु

Technology Khabar २५ आश्विन २०७७, आईतवार

भिभोको सस्तो फाइभजी स्मार्टफोन ‘भीभो वाई७३एस’ सार्वजनिक, यस्तो छ फीचरहरु
Classic Tech
Nepal Telecom

चिनियाँ स्मार्टफोन मेकर भिभोको नयाँ ५जी स्मार्टफोन लन्च भएको छ । कम्पनीले सस्तो मूल्यमा वाई सिरिजमा ५जी स्मार्टफोन लन्च गरेको हो ।

भीभो वाई७३एस ५जी नामको यो स्मार्टफोन हाल चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ, जून गत महिना चीनको सरकारी निकाय टेनामा देखिएको थियो ।

यो स्मार्ट फोन डाइमेन्सिटी ७२० चिपसेटमा आधारित भिभोको पहिलो स्मार्टफोन हो ।

फोनमा ठूलो स्क्रीन,48मेगापिक्सेलको ट्रिपल रियर शूटर, र १८ वाटको फास्ट चार्जिंग सपोर्टसहितको ब्याट्री समावेश छ ।

भिभो वाई७३एस ५जीमा वाटरड्रप नचको साथ ६.४ इन्चको एमोलेड डिस्प्ले छ। यसले १०८०x२४०० पिक्सेल फूल एचडी प्लस रिजोलुसन, २०:९ अस्पेक्ट रेशियो, १०३ प्रतिशत NTSC कलर गमट, एचडीआर १० र इन-स्क्रिन फिंगरप्रिन्ट सेन्सर सपोर्ट गर्दछ ।

फोनमा मिडियाटेकको डाइमेन्सिटी ७२० चिपसेटका साथ ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ । तर यसमा माइक्रो एसडी कार्ड भने छैन् ।

यो फोन एन्ड्रोयड १० मा आधारित फनटच ओएस १० मा संचालन हुन्छ ।

फोटोग्राफीका लागि भने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा सेन्सरका साथ ८ मेगापिक्सेलको १२० डिग्री वाइड एंगल क्यामरा र २ मेगापिक्सेलको पोट्रेट क्यामरा रहेकाे छ । त्यसैगरि फोनमा १६ मेगापिक्सेलको फ्रन्ट फेसिङ्ग क्यामरा सेल्फीका लागि राखिएको छ ।

मुख्य क्यामरामा १० एक्स जूम फोरके रेकर्डिङ्ग नाइट मोड फीचर रहेका छन् ।

यसका साथै पावरका लागि भीभो वाई७३एस ५जीमा ४१०० एमएएचको ब्याट्री प्याक छ भने १८ वाटकफ फास्ट चार्जिङ्ग सपोर्ट छ ।

यसमा ड्यूल सिम स्लट, ५जी कनेक्टिभिटी, ब्लूटूथ ५.१, जीपीएस लगायतका फीचर छन् ।

यो फोन हाल चीनमा मात्र उपलब्ध हुनेछ भने यसको मूल्य १,९९९ यूआन अर्थात करिब ३६ हजार रुपैयाँ तोकिएको छ । यो सिल्भर मून र ब्लाक मिरर कलर अप्सनमा मात्र उपलब्ध हुनेछ । एजेन्सी

TK Viber

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

Comments are closed.

Loading...