एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई माइक्रोसफ्टको चेतावनी- एप डाउनलोडमा ध्यान दिनुस् नत्र र्यानसमवेयर आउला

Technology Khabar २५ आश्विन २०७७, आईतवार

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई माइक्रोसफ्टको चेतावनी- एप डाउनलोडमा ध्यान दिनुस् नत्र र्यानसमवेयर आउला
Classic Tech
Nepal Telecom

माइक्रोसफ्टले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि ठूलो चेतावनी जारी गरेको छ। माइक्रोसफ्टले एक नयाँ र्यानसमवेयर पत्ता लगाएको छ जसले एन्ड्रोइड स्मार्टफोनहरूलाई लक्षित गर्दैछ।

यो र्यानसमवेयरको नाम माललकर डट बी (MalLocker.B) रहेको छ। यो र्यानसमवेयर अनलाइन फोरम र वेबसाइटको माध्यमबाट तिब्ररुपमा फैलँदै छ। यो र्यानसमवेयर मालिसियस एन्ड्रोइड एपहरुमा लुकेको छ।

त्यसैले वेबसाइटबाट कुनैपनि एप्स डाउनलोड गर्ने क्रममा सावधान हुनुहोस्।

यो र्यानसमवेयरले (ransomware) प्रयोगकर्तालाई फोन स्क्रीनमा पहुँचबाट रोक्दछ । अन्य र्यानसमवेयरको विपरीत, यो र्यानसमवेयरले डिभाइसलाई ईन्क्रिप्ट गर्दैन् । यसले एक मेसेजका साथमा तपाईँको फोनको स्क्रीनलाई फ्रिज गरिदिन्छ । यसले लक गरेको स्क्रीन अनलक गर्न निश्चित रकम तिर्नुपर्नेछ ।

यस र्यानसमवेयरले ‘कल’ नोटिफिकेसनको फाइदा लिन्छ र र्यानसमवेयर सक्रिय हुन्छ जब फोनमा आगमन कल आउँछ। यस बाहेक, जब प्रयोगकर्ताले होम बटन वा भर्खरको एप बटन थिच्दछ त्यसपछि मेसेजका साथमा स्क्रिन लक गर्दछ।

माइक्रोसफ्टले भन्यो, ‘धेरै जसो एन्ड्रोइड र्यानसमवेयर भन्दा फरक, यसले नयाँ थ्रेट फाईलहरूलाई इन्क्रिप्ट गरेर तिनीहरूको एक्सेसलाई रोक्दैन। यसको सट्टामा, यसले मेसेजसहित स्क्रिनमा डिभाइसको एक्सेस नै रोकिदिन्छ। यो स्क्रिन प्रत्येक विन्डोमा देखिन्छ, र जसले गर्दा प्रयोगकर्ताले फोनमा अन्य केहि कार्य गर्न सक्दैन। स्क्रीनमा र्यानसम मेसेज देखा पर्दछ र त्यहाँ रकम भुक्तान गर्न निर्देशनहरू हुन्छन्।’

रिपोर्टकाअनुसार मालवेयरको कोड सरल छ र यो सजिलै धेरै फोनमा फैलाउन सक्ने भनिएको छ । अज्ञात स्रोतहरूबाट एपहरू डाउनलोड गर्नबाट बच्न प्रयोगकर्ताहरूलाई सल्लाह दिइएको छ। एजेन्सी

TK Viber

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

Comments are closed.

Loading...