एउटै फोनमा दुईवटा ह्वाट्सएप एकाउन्ट कसरी चलाउने? फोनमा अर्को ह्वाट्सएप राख्ने सजिलो टिप्स

Technology Khabar २४ आश्विन २०७७, शनिबार

एउटै फोनमा दुईवटा ह्वाट्सएप एकाउन्ट कसरी चलाउने? फोनमा अर्को ह्वाट्सएप राख्ने सजिलो टिप्स

काठमाडौं ।

अहिलेको अवस्थामा एक फोनमा केवल एउटा मात्रै ह्वाट्सएप एकाउन्ट  प्रयोग गर्न सकिन्छ । तर यदि तपाईंसँग डुअल सिम फोन छ र तपाईं फोनमा दुईवटा सिम प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं एउटै फोनमा दुईवटा ह्वाट्सएप खाताहरू सञ्चालन गर्न सक्नुहुनेछ।

धेरै व्यक्तिले व्यवसायका लागि एउटा सिम राख्छन् र व्यक्तिगत प्रयोगको लागि अर्को सिम प्रयोग गर्दछन् । यसैगरी ह्वाट्सएप खातालाई पनि व्यवसाय र व्यक्तिगत बनाउन सकिन्छ। एक फोनमा दुई फरक ह्वाट्सएप खाताहरू चलाउन तपाईंले फोनको सेटिंग्समा केहि परिवर्तन गर्नुपर्ने हुन्छ ।

कसरी एउटै फोनमा दुई वटा ह्वाट्सएप खाताहरू खोल्ने ?

  • सबैभन्दा पहिले तपाईँको फोनको सेटिंग्समा जानुहोस्
  • फोनमा स्क्रोल गर्दा डुअल एप वा क्लोन एप वा एप ट्वीन (Dual App/Clone app/ App Twin) को विकल्पमा क्लिक गर्नुहोस्।
  • एपहरूको सूची फोनमा देखा पर्नेछ र यसबाट ह्वाट्सएपमा क्लिक गर्नुहोस्।
  • ह्वाट्सएप क्लिक गर्दा तपाईं क्लोन एपको विकल्प देख्नुहुनेछ। यो विकल्प इनेबल गर्नेबित्तिकै तपाईँको फोनमा ह्वाट्सएपको क्लोन अर्थात अर्को प्रतिरुप तयार हुनेछ।
  • अब तपाईंले फोन मेनूमा व्हाट्सएपको अर्को क्लोन नामको आइकन देख्नुहुनेछ, जसमा तपाईं आफ्नो अर्को नयाँ नम्बर दर्ता गर्न सक्नुहुनेछ र एउटा फोनमा दुई वटा व्हाट्सएप प्रयोग गर्न सक्नुहुनेछ।
  • यदि तपाईंको स्मार्टफोनसँग एप ट्वीन र डुअल एप वा क्लोन एप (Dual App/Clone app/ App Twin) को विकल्प छैन भने, तपाईं क्लोन मेकिङ्ग एप गूगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरेर चलाउन सक्नुहुनेछ र दुई ह्वाट्सएप प्रयोग गर्न सक्नुहुनेछ।

दुईवटा फरक-फरक डिभाइसहरुमा ह्वाट्सएप

दुईवटा फरक-फरक डिभाइसहरुमा व्हाट्सएप चलाउन सकिँदैन् । तपाईँको दोस्रो अर्को फोनमा उही ह्वाट्सएप एकाउन्ट चलाउन सक्नुहुन्न, तर तपाईँ कम्प्युटर, ल्यापटप वा ट्याबलेटमा ह्वाट्सएप खाता अपरेट गर्न सक्नुहुनेछ। यसको लागि पीसी, ल्यापटप वा ट्याब्लेटमा ह्वाट्सएप वेब खोल्नुहोस्, त्यसपछि तपाईं ह्वाट्सएप सेटिंग्समा गएर क्यूआर कोड स्क्यान गरेर व्हाट्सएप खाता चलाउन सक्नुहुनेछ। यसका साथै ह्वाट्सएपको सफ्टवेयर डाउनलोड गरेर समेत पीसी, ल्यापटप वा ट्याब्लेटमा तपाईँले एकाउन्ट सिन्क्रोनाइज गरेर चलाउन सक्नुहुनेछ । तर यसो गर्नको लागि तपाईँको फोनमा ह्वाट्सएप एकाउन्ट सक्रिय र इन्टरनेटमा जोडिएको हुनुपर्नेछ ।

पुरानो आईफोनमा यो सुविधा छैन

यो ध्यानमा राख्नुस कि आईफोनमा यो सुबिधा उपलब्ध हुँदैन् । यदि तपाईं पुरानो आईफोनमा एक साथ दुई खाताहरू चलाउन चाहनुहुन्छ, भने यो सम्भव छैन। आईफोन एक्सभन्दा अघिका फोनमा डुअल सिमको विकल्प छैन, त्यसैले आईफोन प्रयोगकर्ताहरूले दुई-दुई वटा ह्वाट्सएप एकाउन्ट प्रयोग गर्न सक्दैनन्। यद्यपि नयाँ आईफोनसँग अब दुई सिमको विकल्प छ, तर दोस्रो सिम एउटा ई-सिम हो जसको साथ तपाईं दुई ह्वाट्सएप खाताहरू चलाउन सक्नुहुन्छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ आश्विन २०७७, शनिबार

ताजा समाचार