आईएमई मोटर्सका सवारीमा माछापुच्छ्रे बैङ्कबाट ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा दिने

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

आईएमई मोटर्सका सवारीमा माछापुच्छ्रे बैङ्कबाट ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं ।

आईएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैङ्क बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैङ्कबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियत पूर्णकर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।

अब बैङ्कको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैङ्कको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

अब आईएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैङ्कको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने बताईएको छ।

Global Bank
easy care

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

ताजा समाचार