शेयर कारोबारसँग सम्बन्धित सबै काम विद्युतीय माध्यमबाटै गराउन ब्रोकर एसोशिएसनको आग्रह

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

शेयर कारोबारसँग सम्बन्धित सबै काम विद्युतीय माध्यमबाटै गराउन ब्रोकर एसोशिएसनको आग्रह

काठमाडौं ।

शेयर कारोबारसँग सम्बन्धीत सबै कामहरु विद्युतीय माध्यमबाटै गराउन स्टक ब्रोकर एसोशिएसन नेपालले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

एशोसिएसनले लगानीकर्ताहरुलाई पनि शेयर कारोबारसँग सम्बन्धित सबै सेवाहरु विद्युतीय माध्यमबाट मात्र लिन आग्रह गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेकाले सुरक्षित कारोबारका लागि विद्युतीय माध्यम उपयोग गर्न आग्रह गरेको हो ।

एसोशिएसनकाअनुसार हाल भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेको छ ।

त्यसैले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न गराउनु हुन संघले आग्रह गरेको छ ।

easy care

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार