अनलाइनबाटै दशैंमा टिका लगाउन र आशिर्बाद लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

अनलाइनबाटै दशैंमा टिका लगाउन र आशिर्बाद लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण बढिरहेको भन्दै दशैंमा अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ।

मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढापाकासँग आशिर्बाद अथवा टिका नलगाउन अनुरोध गरेको हो । धेरै भिडभाडमा जम्मा भएर टिका लगाउदा संक्रमण सारेर दुर्घटना निम्तन सक्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले सबैलाई फोन र अनलाइनबाटै टिका लगाउन र अनलाइन वा फोनबाटै आशिर्वाद लिन अनुरोध गरेका हुन् ।

घरमै बसेर घरमै बनेका परिकार खाएर दशैँ मनाउँदा आफु पनि बच्न सकिने र अरुलाई पनि बचाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १३ हजार २७९ जनामा गरिएको पीसीआर परिक्षणमा थप २ हजार ५९ जनालाई पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।

Global Bank
easy care

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

ताजा समाचार