चिनियाँ टेक जायन्ट ह्वावे सब ब्राण्ड ‘अनर’ प्रति प्रतिबद्ध, बिक्री गर्ने कुनै योजना छैन्

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावे सब ब्राण्ड ‘अनर’ प्रति प्रतिबद्ध, बिक्री गर्ने कुनै योजना छैन्

काठमाडौं ।

ह्वावेले आफ्नो सब ब्राण्ड अनरलाई बिक्री नगर्ने स्पष्ट देखिएको छ । यसअघि कम्पनीले अनर(Honor) ब्राण्ड बिक्री गर्ने संचारमाध्यममा रिपोर्ट आएको थियो ।

बजार विश्लेषक मिंग चि कुओले अमेरिकी प्रतिबन्धको दबाब थेग्न नसक्ने र कम्पनीले सब ब्राण्ड बिक्री गर्ने बताएको छ।

उनले ह्वावेले प्रतिबन्धको सामना एक्लै गर्ने र अनरलाई बिक्री गर्ने बताएका थिए । उनको भनाईलाई चिनियाँ आईटिहोम डटकमले प्रकाशित गरेसँगै चर्चामा आएको थियो । तर सो समाचार पछि हटाईएको थियो ।

उनको भनाईअनुसार अनर बिक्री भएसँगै कम्पनीलाई प्रतिबन्ध लाग्ने छैन र विभिन्न खरिद बिक्रीको कार्य सहज गर्न सक्नेछ । जसअन्तरगत चिपसेट र अन्य हार्डवेयर किन्न सक्नेछ ।

तर सो समाचार हटाईएसँगै ह्वावेले अनर ब्राण्डलाई सँगै लाने देखिएको स्पष्ट भएको बताईएको छ । वेबोमा आधारित भएर आएका रिपोर्टअनुसार कम्पनीका कर्मचारीहरुले कुओको अनुमानलाई खण्डन गरिरहेका छन् ।

यसको अर्थ हाल ह्वावेले अनरलाई बिक्री गर्ने कुनै योजना छैन् ।

माध्यम १ माध्यम २

easy care

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार