२०२१ मा विश्वबजारमा ट्याबलेट शिपमेन्ट १०.५ प्रतिशतले घट्ने- डिजिटाईम्स रिसर्च

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

२०२१ मा विश्वबजारमा ट्याबलेट शिपमेन्ट १०.५ प्रतिशतले घट्ने- डिजिटाईम्स रिसर्च

काठमाडौं ।

विश्वबजारमा ट्याबलेटको ढुवानी २०२० मा फ्ल्याट बृद्धि दर्ता गरेपछि आउँदो करिब ५ वर्षभरमा कमी आउने अनुमान गरिएको छ । सन् २०२१ देखि प्रत्येक वर्ष सन् २०२५ सम्म हरेक वर्ष घट्ने अपेक्षा गरिएको छ ।

डिजिटाईम्स रिसर्चको पछिल्लो ५ बर्षीय पूर्वानुमानका अनुसार शिक्षा र उच्च इन्टरप्राइज क्षेत्रबाट मुख्यतया आउने मांगको साथ यो वर्ष ट्याबलेट उद्योग को वृद्धि वर्ष भएपनि आगामी वर्षहरुमा निरन्तर घट्ने छ ।

२०२१ मा विश्वव्यापी ट्याब्लेट ढुवानी १०.५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, तर समग्रमा ५ बर्ष अवधिमा १२० मिलियन युनिटभन्दा माथि रहने अपेक्षा गरिएको छ।

ह्वावेको बिरूद्ध अमेरिकी व्यापार प्रतिबन्धले २०२१ मा ट्याब्लेटको ल्याण्डस्पेपमा नै असर पार्ने डिजिटाइम्सको दाबी छ ।

यदि चिनियाँ विक्रेताले महत्वपूर्ण कम्पोनेन्टहरू प्राप्त गर्न असफल भएर नयाँ उपकरणहरू सार्वजनिक गर्न बन्द भएमा यसबाट एप्पल र लेनोभोलाई ह्वावेको बजार लिने राम्रो मौका हुनेछ।

अमेजनले पनि आगामी ५ बर्षमा ट्याबलेट बजारमा कमी हुने अपेक्षा गरेको छ, किनकि यसले सानो आकारको ट्याब्लेटमा फोकस गरेको छ र ठूला आकारका मोडेलहरू विशेष गरी कोरोनाभाइरस महामारीको समयमा मुख्य आधार बन्न पुगेका छन्।

easy care

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार