वर्ल्डलिंकले पब्लिक वाईफाईको पासवर्ड अब ह्वाट्सएपमार्फत उपलब्ध गराउने

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

वर्ल्डलिंकले पब्लिक वाईफाईको पासवर्ड अब ह्वाट्सएपमार्फत उपलब्ध गराउने
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन। फाइल तस्बिर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले उपलब्ध गराईरहेको पब्लिक(सार्वजनिक) वाईफाई सेवाको ओटिपी कोड (वन टाइम पासवर्ड) अब ह्वाट्सएपबाट पनि उपलब्ध गराउने तयारी गरेको छ ।

हाल सार्वजनिक वाईफाई प्रयोग गर्ने यूजरको स्थानिय मोबाइलबाट मात्र त्यस्तो कोड आउने गरेकोमा आगामी दिनमा ह्वाट्सएपबाट नै पब्लिक वाईफाईको कोड उपलब्ध गराउने तयारी गरेको हो ।

कम्पनीले फेसबुकसँग पब्लिक वाईफाई व्यवस्थापनको लागि गरेको सहकार्यसँगै नयाँ तरिकाले ओटिपी कोड दिने भएको हो ।

यसले आगामी दिनमा नेपालभन्दा बाहिरबाट आउने पर्यटकहरुलाई समेत सार्वजनिक वाईफाई सुबिधाको पहुँच पुग्ने बताईएको छ।

कम्पनीले बिहिबार फेसबुकसँगको सहकार्य बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

हाल स्थानिय मोबइलमा मात्र ओटिपी कोड आउने र त्यो कोड हालेपछि मात्र सार्वजनिक वाईफाई सेवा उपयोग गर्न सकिन्छ । तर स्थानिय मोबाइल फोन नम्बर नभएको खण्डमा सो सेवा प्रयोग गर्न सकिँदैन् ।

तर ह्वाट्सएपमार्फत ओटिपी कोड उपलब्ध हुने सुबिधासँगै नेपाल घुम्न आउने पर्यटकहरुले समेत नेपालभित्र सार्वजनिक वाईफाई सेवा लिन सक्ने र उनीहरुको ह्वाट्सएपमा नै ओटिपी आउँदा सुरक्षित समेत हुने कम्पनीको भनाई छ ।

यसका साथै आगामी दिनमा वनटाइम पासवर्ड एक पटक मात्र राखे पुग्ने व्यवस्था गर्न लागेको छ।

वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराएकोछ।

कम्पनीले सेवाग्राहीसँग रकम नलिने तर त्यसमा विज्ञापनहरु देखाएर त्यसमार्फत खर्च व्यवस्थापन गर्ने योजना समेत लिएको छ । यसमा यूजर्सले पब्लिक वाईफाई प्रयोग गर्दा त्यसमा डिजिटल विज्ञापन देखिने छ ।

वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले भने, ‘यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।’

एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए ।

Sajilo Visa

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार