रियलमीले सार्वजनिक गर्यो विश्वको पहिलो स्मार्ट एसएलईडी टिभी

Technology Khabar २२ आश्विन २०७७, बिहीबार

रियलमीले सार्वजनिक गर्यो विश्वको पहिलो स्मार्ट एसएलईडी टिभी

काठमाडौं ।

रियलमीले भारतमा रियलमी स्मार्ट एसएलईडी टिभी सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा पहिलो पटक एसएलईडी प्रविधिसहितको ५५ इंच मोडल टिभी लन्च गरेको छ।

यो नयाँ स्मार्ट टिभी विश्वको पहिलो एसएलईडी फोरके टिभीले फ्ल्यागशिप स्तरमा सिनेम्याटिक अनुभवको साथ सुरू गरिएको हो।

रियलमी स्मार्ट एसएलईडी टिभी ५५इन्चको स्मार्ट टिभी “बेजेल-लेस, मेटल डिजाइन” का साथ प्रस्तुत गरेको छ, यस टिभीमा ९.५ एमएमको बेजेल छन्। यस टिभीमा राखिएको एसएलईडी प्यानल रियलमीद्वारा एसपिडि टेक्नोलोजी चीफ साइन्टिस्ट जोन रोमनको सहयोगमा निर्माण गरीएको हो।

रियलमीले स्मार्ट एसएलईडी टिभीको साथ भारतीय बजारमा पहिलो साउन्डबार पनि लन्च गर्यो। यो साउण्ड बार ४० वाट सब वूफर र ६०  वाट फूल रेन्जको स्पिकरको साथ आउँदछ।

रियलमी स्मार्ट एसएलईडी टिभी एन्ड्रोयड पाईमा आधारित रहेको छ । यस टिभीको स्क्रीन र बडि रेश्यो ९४.६ प्रतिशत छ। यो भर्खरको एसएलईडी प्यानलले एसपिडी ब्याकलाईटको साथ आरजीबी एलईडी लाइटहरू प्रयोग गर्दछ ।

भारतमा यसको मूल्य ४२,९९९ भारु तोकिएको छ । यो टिभी फ्लिपकार्टबाट १६ अक्टुबरदेखि बिक्री शुरु हुनेछ । एजेन्सी

easy care

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार