Technology Khabar २२ आश्विन २०७७, बिहीबार
सामसङले ग्यालेक्सी जेड फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुल्ला गरेको छ । ग्यालेक्सी जेड फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।
अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेड फोल्ड२ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेड फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
“सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेड फोल्ड२ सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्य तर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं । हामी हार्डवेयर तथा ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ ।” सामसङ मोबाइल नेपालका बिजिनेश हेड, प्रणय रत्न स्थापितले भने ।
ग्यालेक्सी जेड फोल्ड२ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको कम्पनीको दाबी छ ।
मूल्य एवम् प्रि–बुक सुविधाहरु:
ग्यालेक्सी जेड फोल्ड२ को मूल्य रु.२,४९,९९९/– रहेको छ । ग्यालेक्सी जेड फोल्ड२ २०७७ साल असोज १९ गते देखि प्रि बुकका लागि उपलब्ध गरिएको छ ।
नेपालमा प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुले ग्यालेक्सी जेड फोल्ड २ मिस्टिक ब्ल्याक तथा मिस्टिक ब्रोन्जगरी विभिन्न दुई रंगमा छनौट गर्ने सुविधा प्राप्त गर्नुहुने छ ।
प्रि– बुक गर्नुहुने ग्राहकले ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाउनुहुने छ । साथै एकपटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि पाईने कम्पनीले जनाएको छ ।
प्रकाशित: २२ आश्विन २०७७, बिहीबार