इन्टरनेट सेवा प्रदायक प्रभु डिजिटल अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन

Technology Khabar २२ आश्विन २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक प्रभु डिजिटल अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन

काठमाडौं ।

प्रभु ग्रुप अन्तरगतको इन्टरनेट सेवा प्रदायक प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (ईमेल सहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको हो ।

हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ।

प्रभु ग्रुप अन्तरगतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले ओटिटि सेवा समेत संचालन गरिरहेको छ ।

सरकारले ५ करोड रुपैयाँ भन्दा बढि पूँजी भएका दूरसञ्चार सेवा प्रदायकहरुले पब्लिक लिमिटेडमा परिवर्तन गर्नुपर्ने कानून ल्याएको थियो ।

त्यसैगरि प्राधिकरणले केहि समयअघि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ४ करोड भन्दा माथि चूक्ता पूँजी पुर्याउनुपर्ने नयाँ विनियमावली जारी गरेको थियो ।

*तस्वीर परिवर्तन

easy care

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

ताजा समाचार