एन्ड्रोइड र आईओएसमा ‘शर्टस’को लागि यूट्यूबले छुट्टै बटन परीक्षण गर्दै

Technology Khabar २२ आश्विन २०७७, बिहीबार

एन्ड्रोइड र आईओएसमा ‘शर्टस’को लागि यूट्यूबले छुट्टै बटन परीक्षण गर्दै

यूट्यूबले एन्ड्रोइड र आईओएस मा ‘शर्टस’ को लागी एक समर्पित छुट्टै बटन परीक्षण गरीरहेको छ।

यूट्यूबको पछिल्लो फिचर गत महिनाको सुरूमा बीटा भर्सनमा भारतबाट लन्च गरिएको थियो, जसले प्रयोगकर्ताहरूलाई छोटो १५ सेकेन्डका भिडियोहरू साझेदारी गर्न अनुमति दिन्छ।

यूट्यूब शर्टसका लागि सिर्जना गर्नुहोस् (क्रिएट) बटन एन्ड्रोइड प्रयोगकर्ताहरूको नेभिगेसनको तल्लो पट्टी भागमा उपलब्ध थियो र नयाँ रिपोर्ट अनुसार त्यहाँ एन्ड्रोइडका साथै आईओएस प्रयोगकर्ताहरूको लागि छुट्टै ‘शर्टस’ बटन हुनेछ।

यूट्यूब शर्टस भिडियो शेयरिङ्ग एप टिकटकको प्रतिद्वन्द्वी हो र चाँडै अन्य देशहरूमा समेत विस्तार हुने आशा गरिएकोछ।

रिपोर्टअनुसार तपाईको ‘पर्सनलाइज टपिक सजेसन’ को  ठिक पछाडी आईओएसको यूट्यूब एपमा अब एक नयाँ शर्टस बटन छ। यो एक क्रिएट टूल होईन तर यसको सट्टा तपाईंलाई यूट्यूब शर्ट्स सिधै हेर्न दिनेछ। तपाईंले ‘शर्टस’ बटन ट्याप गर्न सक्नुहुन्छ, र एक भिडियो तुरून्त प्ले हुनेछ। तपाईंले पनि लाइक गर्न र भिडियोमा टिप्पणी गर्न सक्नुहुन्छ।

रिपोर्टका अनुसार यूट्यूबका लागि समर्पित शर्ट्स बटन पनि एन्ड्रोइडमा सिमित छानिएका प्रयोगकर्ताहरूका लागि देखा पर्न सुरु भएको छ। एजेन्सी

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

Comments are closed.

Loading...