तपाईं पनि सेकेण्डह्याण्ड स्मार्टफोन खरीद गर्दै हुनुहुन्छ ? त्यसोभए यी विषयलाई ध्यानमा राख्नुहोस्

Technology Khabar २२ आश्विन २०७७, बिहीबार

तपाईं पनि सेकेण्डह्याण्ड स्मार्टफोन खरीद गर्दै हुनुहुन्छ ? त्यसोभए यी विषयलाई ध्यानमा राख्नुहोस्

काठमाडौं ।

पछिल्लो दिनमा अनलाइन क्लास, वर्क फ्रम होमजस्ता कारणले बजारमा नयाँ मोबाइल फोनको अभाव जस्तै रहेको छ । आफूले चाहेको फोनहरु उचित मूल्यमा किन्ने अवस्था छैन् । त्यसैले यो समयमा ग्राहकहरूले सेकेन्डह्याण्ड स्मार्टफोनहरू खरीद गर्ने गर्दछन् । सेकेण्ड ह्याण्ड किन्दा केहि रकमको बचत गर्ने अपेक्षा गरिएको हुन्छ भने फीचर र सुबिधाहरु भने उस्तै प्राप्त हुन्छ ।

विशेषगरि अनलाइन र सामाजिक संजालमार्फत सेकेण्डह्याण्ड स्मार्टफोनहरू बिक्री हुने गरेको छ । तपाईँ पनि अहिलेको अवस्थामा पक्कैपिन नयाँ स्मार्टफोनको साटो सेकेण्डह्याण्ड स्मार्टफोन किन्न चाहिरहनुभएको होला। यस्तो अवस्थामा तपाईले सेकेन्डह्यान्ड फोनहरुसँग सम्बन्धित केही महत्त्वपूर्ण कुरालाई ध्यानमा राख्नु पर्छ। ताकि तपाईं कुनै पनि प्रकारको नोक्सानीबाट बच्न सक्नुहुन्छ।

फोनको मूल्य
तपाईंले दोस्रो बजारमा सेकेण्डह्याण्ड स्मार्टफोन खरीद गरिरहनु भएको मोडल कहिले लन्च भयो र यसको हालको मूल्य कति छ ? यो कुरा पत्ता लगाउनुहोस्। कहिलेकाँही सेकेन्डह्याण्ड स्मार्टफोनको बजार मूल्य यसको नयाँ मोडेलको मूल्य जत्तिकै हुने गर्दछ वा त्यहाँ एकदम थोरै फरक हुनेगर्दछ। उदाहरणको लागी, मानौं कि तपाईँले सेकेण्डह्याण्ड फोन खरीद गरीरहनु भएको मूल्य १० हजार रुपैयाँ हो, तर उही फोनको नयाँ मोडलको मूल्य १२ हजार रूपैयाँ हुनसक्दछ।

फोनका सहायक उपकरणहरू
फोनका साथमा आउने एसेसरीहरू जस्तै चार्जर एडेप्टर, यूएसबी केबल, ईयरफोनहरू फोनको साथ पूर्ण रूपमा काम गर्दैछन् भन्ने जाँच गर्नु पर्छ। साथै, यूएसबी केबल मार्फत डाटा ट्रान्सफर पनि जाँच गर्नु पर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा यस्ता सामान सक्कली र ओरिजिनल हो वा होइन, यो पनि हेर्नुपर्दछ। कम्पनीहरूले यस्ता सामानहरूमा ६ महिनाको वारेन्टी दिएका हुन्छन्।

फोन फर्म्याट गर्नुहोस्
फोनमा सिम राख्नु अघि २ देखि ३ पटक फर्म्याट गर्नुहोस् वा फ्याक्ट्रि रिसेट अवश्य गर्नुहोस् । यो यसकारण पनि आवश्यक छ कि यस्तो गर्नाले यदि फोनभित्र कुनै प्रि इन्स्टल एप वा बग वा भाइरस छ भने यसलाई हटाइन्छ। फोनलाई फम्र्याट गर्न तपाईं फोनको सेटिंग्समा जानु पर्छ र सेक्यूरिटी मा जानुपर्छ र फम्र्याट विकल्प चयन गर्नुहोस्। अब फोनमा सिम र मेमोरी कार्ड राख्नुहोस् र खोल्नुहोस्। फोन खुले पछि, मेमोरी कार्ड रिड भएको छ वा छैन जाँच्नुहोस्।

डिस्प्ले र क्यामराको परीक्षण
जब फोन अन हुन्छ त्यसपछि सबैभन्दा पहिले फोन स्क्रिनमा फरक फरक स्थानमा टच गर्नुहोस्। यदि सम्भव छ भने, फोनमा गेम खेल्ने, टाइप गर्नेलगायतका प्रयास गर्नुहोस्। यसले डिस्प्लेको टच कत्तिको प्रभावकारी छ थाहा पाउनेछ। साथै, फोनको पछाडिको र अगाडि हुने क्यामरा राम्ररी जाँच गर्नुहोस्। क्लिक गरिएको फोटोको क्वालिटी सही छ वा छैन हेर्नुहोस्। त्यसपछि अब निश्चित रूपमा फोनबाट कल गरेर जाँच गर्नुहोस्। उचित नेटवर्क र आवाज फोनमा आउँदै छ वा छैन।

कनेक्टिविटी र ब्याट्री ब्याकअप
फोन कति चार्ज हुँदैछ र यसको ब्याट्री ब्याकअप कस्तोछ यो पनि जाँच गरिनु पर्छ। साथै, फोनको अन्य कनेक्टिभिटी सुविधाहरू पनि जाँच गर्नुपर्नेछ। यसमा ब्लूटूथ, वाईफाई लगायत जाँच गर्नुहोस् । यदि फोनले ओटिजी सपोर्ट गर्दछ भने पेन ड्राइभको साथ प्रयास गर्नुपर्नेछ।

बिल र आईएमईआई नम्बर जाँच गर्नुहोस्
यो ध्यानमा राख्नुहोस्, यदि तपाईं सेकेण्डह्याण्ड स्मार्टफोन खरीद गर्दै हुनुहुन्छ, भने निश्चित रूपमा यसको इनभ्वाइस बिल जाँच गर्नुहोस्। किनभने फोन बेच्ने व्यक्तिले यो पनि भन्न सक्छ कि बिल हराएको छ। फोनको आईएमईआई नम्बर पनि जाँच्न आवश्यक छ। निश्चित गर्नुहोस् कि बिलमा रहेको आईएमईआई नम्बर र फोनमा हुने आईएमईआई नम्बर समान छ भनेर। यसको लागि तपाईं फोनमा *#06# डायल गरेर यसलाई जाँच गर्न सक्नुहुनेछ। यसले फोन चोरीको वा गलत किसिमको हो वा होईन भनेर पत्ता लगाउन सकिन्छ ।

easy care

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार