डिशहोममा डिलर दाईको डिस्काउन्ट योजनाका २ जना भाग्यशाली बिजेता छनौट

Technology Khabar २१ आश्विन २०७७, बुधबार

डिशहोममा डिलर दाईको डिस्काउन्ट योजनाका २ जना भाग्यशाली बिजेता छनौट
Classic Tech

“Dishhome मा Dealer दाईको Discount” योजना अन्तर्गत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

२०७७ साल असोज ९ गते देखि १५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नमबर १००, शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजना अनुसार डिशहोमले हरेक हप्ता रु २,००,०००/– प्रदान गर्नेछ, जसमा २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १,००,००० /– नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असोज १६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02519162531 / 02519081575 भएका २ ग्राहकहरु बिजेता बन्न सफल भएका छन् ।

कम्पनीले आउने लाइभ लक्की ड्र २०७७ साल असोज २३ गते साँझ ५ बजे शोकेस च्यानल नमबर १००, शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा हुने जानकारी गराएको छ ।

असोज १६ देखि २२ गते सम्म फण्ड ट्रान्सफरबाट रिचार्ज गर्नुहुने ग्राहकवर्गहरुलाई असोज २३ गतेको लक्की ड्र मा सामेल गराइनेछ । यस नयाँ योजना अन्तर्गत, अब डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफर सेवाबाट २ बर्षे रिचार्ज गर्नुहुने ग्राहकहरुले लाइभ लक्की ड्रमा डबल मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहिक लक्की ड्रमा सहभागी गराईने डिशहोमले जनाएको छ ।

TK Viber

प्रकाशित: २१ आश्विन २०७७, बुधबार

Loading...