Technology Khabar २१ आश्विन २०७७, बुधबार
काठमाडौं ।
पोकोले भारतमा आफ्नो नयाँ स्मार्टफोन पोको सी३ लन्च गरेको छ ।
पोकोको यो फोन हालसम्मकै सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा आएको छ । जसमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ४जीबी र्याम र ६४जीबी स्टोरेज भेरिएन्टमा लन्च भएको हो ।
पोको सी ३ मा ५,००० एमएएच ब्याट्री र १३ मेगापिक्सेल प्राइमरी क्यामरा राखिएको छ।
फोनमा ६.५ इन्च एचडी प्लस डिस्प्ले छ । डिस्प्लेको अनुपात २०:९ रेसियो रहेको छ जसले गर्दा डार्क मोडको कारण डिस्प्ले अधिक ससक्त देखिनेछ। यसले ब्याट्री बचत गर्न पनि काम गर्दछ।
प्रोसेसरको रूपमा, यसमा मिडियाटेक हेलियो जी३५ प्रोसेसर दिइएको छ भने माइक्रो एसडी कार्डको साथ फोनको मेमोरी ५१२ जीबीसम्म बढाउन सकिन्छ ।
फोनमा फोटोग्राफीका लागि तीन रियर क्यामरा छन्। यसमा १३मेगापिक्सेलको मुख्य क्यामराका साथ २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २ मेगापिक्सेलको डेप्थ क्यामरा छ। यस फोनमा सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा छ।
ब्याट्री बचतका लागि विशेष मोडहरू पनि प्रदान गरिएको छ। कम्पनीको दाबी छ कि यस ब्याट्रीको शक्तिमा ३.२ बर्ष सम्म कुनै कटौती हुने छैन। यो फोन एमआईयूआई १२ अपरेटिंग सिस्टममा काम गर्दछ। फोन तीन रंग विकल्पहरू आर्कटिक ब्लू, लाइम ग्रीन र म्याट ब्ल्याकमा आउँदछ।
भारतीय बजारमा ३जीबी र्याम भेरिएन्टको मूल्य भारु ७४९९ तोकिएको छ भने ४ जीबी र्याम अप्सनको मूल्य ८९९९ भारु तोकिएको छ ।
यो फोन भारतभन्दा बाहिरको बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: २१ आश्विन २०७७, बुधबार