राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजास्टर रिकभरी केन्द्रमा १६ जना अधिकृतस्तरको अस्थाई दरबन्दी स्वीकृत

Technology Khabar २१ आश्विन २०७७, बुधबार

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजास्टर रिकभरी केन्द्रमा १६ जना अधिकृतस्तरको अस्थाई दरबन्दी स्वीकृत

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजास्टर रिकभरी केन्द्रका लागि अस्थाई कर्मचारी भर्ना गर्ने भएको छ ।

हालै मन्त्रिपरिषदको असोज १९ गते बसेको बैठकले सञ्चार मन्त्रालयअन्तरगत रहेको केन्द्रको लागि आर्थिक वर्ष २०७७।७८ को लागि अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

केन्द्रको काठमाडौंस्थित कार्यालयमा ७ जना र डिजास्टर रिकभरी केन्द्र हेटौडामा ९ जनासहित कुल १६ जनाको अधिकृतस्तरको दरबन्दी स्वीकृत गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेपाल सरकारका वेबसाइट तथा डाटाहरुको भण्डारण तथा व्यवस्थापन गर्दछ भने हेटौंडामा रहेको केन्द्रले ब्याकअपको रुपमा काम गर्दछ ।

यसैगरि सरकारले सञ्चार मन्त्रालयअन्तरगत नै विज्ञापन बोर्डको लागि समेत अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थाई दरबन्दी स्वीकृत गरेको छ ।

Global Bank
easy care

प्रकाशित: २१ आश्विन २०७७, बुधबार

ताजा समाचार