एप्पलको औपचारिक इभेन्ट अक्टुबर १३ तारिखमा, ‘हाई स्पीड’ नारामा आईफोन १२ सिरिज आउने

Technology Khabar २१ आश्विन २०७७, बुधबार

एप्पलको औपचारिक इभेन्ट अक्टुबर १३ तारिखमा, ‘हाई स्पीड’ नारामा आईफोन १२ सिरिज आउने
Classic Tech

एप्पलले आफ्नो विशेष इभेन्टको घोषणा गरेको छ, जुन अक्टुबर १३ मा आयोजित हुनेछ। कार्यक्रम बिहान १० बजे अमेरिकी समयअनुसार एप्पल पार्कमा आयोजना हुनेछ ।

यो इभेन्टमा कम्पनीले आफ्नो अर्को पुस्ताको आईफोन १२ श्रृंखलाका स्मार्टफोनहरू लन्च गर्ने अपेक्षा गरिएकोछ। एप्पलले आफ्नो निम्तोपत्रमा ‘हाई स्पीड’ ट्यागलाईन राखेको छ। एप्पल लोगो बिभिन्न रंगमा छ, जसमा सुन्तला रंगलाई हाईलाइट गरिएको छ।

इभेन्टमा कुन उत्पादनहरू लन्च हुनेछन भन्ने बारे कुनै जानकारी प्रकाशित गरिएको छैन, तर यो अपेक्षित छ कि आईफोन १२ सिरीजको अतिरिक्त ओभर-ईयर हेडफोनसहित धेरै प्रकारका उपकरणहरू पनि लन्च हुनसक्नेछ।

रिपोर्टका अनुसार आईफोन १२ सिरीजमा चारवटा नयाँ आईफोनहरू सार्वजनिक हुनेछन्। विशेष कुरा यो छ कि यस पटक कम्पनीको आईफोन सिरिजमा सबैभन्दा सानो आईफोन अर्थात आईफोन १२ मिनी हुनेछ जसमा ५.४ इन्चको डिस्प्ले हुनेछ ।

यसका साथै कम्पनीले आईफोन १२, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स लन्च गर्नेछ ।

‘हाई स्पीड’ ट्यागलाईनका साथमा कम्पनीले आईफोन १२ सिरिजमा ५जी सपोर्ट र ए१४ बायोनिक चिपसेट राख्ने अपेक्षा गरिएको छ ।

यो इभेन्ट पछिल्लो एक महिनाभित्र भएका एप्पलको दोस्रो इभेन्ट हुनेछ । यसअघि सेप्टेम्बर १५ मा कम्पनीले आईफोन वाच, आईप्याडसहितका डिभाइस र सर्भिसहरु लन्च गरेको थियो ।

यो आगामी इभेन्टमा भने आईफोन १२ सिरिजमा हुने डिभाइस र ग्याजेट्सहरु लन्च गर्ने अपेक्षा छ ।

एप्पल इभेन्ट एप्पलको वेबसाइट एप्पल टिभी एप र यूट्यूबमा लाइभ प्रशारण हुनेछ ।

नेपाली समयअनुसार सो इभेन्ट राती १०:४५ बजे शुरु हुनेछ ।

 

यसअघि नै आईफोन १२ सिरिजको बारेमा विभिन्न जानकारीहरु लीक भईरहेका छन् । यसमा यसको स्पेकसहित बजार मूल्य पनि बाहिर आएका छन् ।

TK Viber

प्रकाशित: २१ आश्विन २०७७, बुधबार

Loading...