नोकिया स्मार्ट टिभीको ६ वटा नयाँ मोडलहरू सार्वजनिक

Technology Khabar २० आश्विन २०७७, मंगलवार

नोकिया स्मार्ट टिभीको ६ वटा नयाँ मोडलहरू सार्वजनिक

काठमाडौं ।

नोकिया स्मार्ट टिभीको दायरा फ्लिपकार्टले विस्तार गरेको छ र ६ वटा नयाँ मोडलहरू भारतीय बजारमा लन्च गरेको छ ।

नयाँ नोकिया स्मार्ट टिभी मोडलहरूले डिज्नी, हटस्टार, नेटफ्लिक्स, र यूट्यूब लगायतका स्ट्रिमिङ्ग एप्सलाई सपोर्ट गर्दछ र जापानी ब्राण्ड ओन्कोयोद्वारा संचालित ४८ वाटको साउन्डबार फीचर राखिएको छ।

नोकिया स्मार्ट टिभी पनि यूएसबी र एचडीएमआई पोर्टको साथ आउँदछ साथै फोरके, फुल-एचडी, र एचडी-रेडि विकल्पहरू ६५ इन्च साइज सम्ममा रहेको छ।

यसबाहेक, टिभीले एचडीआर १० र माइक्रो डिमिमिग जस्ता सुविधाहरू समावेश गर्दछ र कस्टमाईज साउण्ड अनुभवको लागि प्रोनटो फोकल एआई इञ्जिनद्धारा सुसज्जित छ। नोकिया स्मार्ट टिभी दायराले ४५० निट पिक ब्राइटनेस पनि प्रदान गर्दछ र एन्ड्रोइड ९ पाईमा आधारित रहेर संचालन हुन्छ ।

नोकिया स्मार्ट टिभी ३२ इन्चको मूल्य भारतीय बजारमा १२९९९ भारु तोकिएको छ भने ४३ इन्चको लागि २२९९९ भारु रहेको छ ।४३ इन्च फोरके नोकिया स्मार्ट टिभीको मूल्य २८९९९ भारु रहेको छ भने ५० इन्च फोरकेको ३३९९९ भारु तथा ५५ इन्च फोरकेको मूल्य ३९९९९भारु रहेको छ ।

यसका साथै ६५ इन्च फोरकेको मूल्य ५९९९९ भारु तोकिएको छ ।

यी नोकिया स्मार्ट टिभी भारतीय बजारमा अक्टुबर १५ देखि फ्लिपकार्टमा उपलब्ध हुनेछन् ।

नोकियाका टिभीहरु भारतीय बजारमा मात्र उपलब्ध रहेका छन भने यसलाई फ्लिपकार्टले उत्पादन र बिक्री गर्ने गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

ताजा समाचार