ब्ल्याक होल अनुसन्धानकर्ता वैज्ञानिकहरुले पाए यो वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार

Technology Khabar २० आश्विन २०७७, मंगलवार

ब्ल्याक होल अनुसन्धानकर्ता वैज्ञानिकहरुले पाए यो वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं ।

ब्ल्याकहोल बुझ्नको लागी गरेको उल्लेखनीय कार्यको लागी तीन वैज्ञानिकहरुलाई सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको छ।

बेलायती बैज्ञानिक रोजर पेनरोस, जर्मन बैज्ञानिक रेनहार्ड जेन्जेल, अमेरिकी बैज्ञानिक एन्ड्रिया गाजेको नामहरू स्टकहोममा घोषित गरियो।

भौतिक विज्ञान पुरस्कार समितिका प्रमुख डेभिड हेभिल्यान्डले भने, ‘यस बर्षको पुरस्कारले ब्रह्माण्डमा सबैभन्दा अनौठो चीजलाई सेलिब्रेट गरिरहेको छ।’

ब्ल्याक होल ब्रह्माण्डको त्यो अंश हो जहाँ गुरुत्वाकर्षण यति उच्च हुन्छ कि प्रकाश पनि यस क्षेत्रबाट फर्कन सक्दैन।

बेलायतमा जन्म भएका भौतिकशास्त्री रोजर पेनरोसले ब्ल्याक होल अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तको आवश्यक परिणाम भएको देखाएका थिए।

नोबेल समितिका सदस्य उल्फ डानिएल्सनका अनुसार पेनरोसले ‘यी चीजहरू अस्तित्वमा छन् भनेर सैद्धान्तिक आधारशिला राखे। यदि तपाईँले खोज्नुभयो भने तपाईँले त्यसलाई फेला पार्न सक्नुहुन्छ।’

‘रेनहार्ड गेन्जेल र एन्ड्रिया गेजले हाम्रो आकाशगंगाको केन्द्रमा एक मिल्की वेको अत्यन्त्यै ठूलो ब्ल्याक होलको अझै निश्चित विश्वास प्रदान गरेको छ।’

‘उनले भेटे कि यो विशालकाय चीज, जसलाई ‘स्याजिटेरस ए’ भनिन्छ।’

भौतिक विज्ञान पुरस्कार समितिका प्रमुख हेभिल्यान्डले भने, ‘तर यी विदेशी वस्तुहरूले अझै धेरै प्रश्नहरू खडा गर्दछन् जसले उत्तरको लागि माग्छन् र भविष्यको अनुसन्धानलाई प्रेरित गर्दछ।’ एजेन्सी

easy care

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

ताजा समाचार