रिसाइकलका लागि पठाइएको उपकरणहरु बेचेको भन्दै एप्पलले हाल्यो मुद्धा

Technology Khabar २० आश्विन २०७७, मंगलवार

रिसाइकलका लागि पठाइएको उपकरणहरु बेचेको भन्दै एप्पलले हाल्यो मुद्धा
Classic Tech
Nepal Telecom

एप्पलले आफ्ना डिभाइसहरु रिसाइक्लिङ नगरि पुन बिक्री गरेको आरोपमा एक क्यानाडेली कम्पनीलाई मुद्धा हालेको छ ।

आईफोन मेकर कम्पनीले रिसाइक्लिङ कम्पनी गीप क्यानडालाई मुद्दा हालेको हो। गीप क्यानडाले एप्पलको एक लाखभन्दा बढी पुराना आईफोन, आईप्याड र एप्पल वाचहरु बेचेको आरोपमा एप्पलले यो कदम चालेको हो।

रिसाइक्लिङ गर्नुपर्ने उपकरणहरू नष्ट गरी त्यसलाई पुनः निर्माण गर्न एप्पलले क्यानेडियन कम्पनी गीपसँग सहकार्य गर्दै आएको थियो। एप्पलले सो कम्पनीलाई सन् २०१५ देखि २०१७ को बीचमा ५ लाख भन्दा बढी  पुराना आईफोनहरु, आईप्याड र घडीहरु गीप क्यानाडामा पठाएको तर सो कम्पनीले ती नष्ट गर्न पठाइएका उपकरण चोरी गरेर बाहिर बेचेको एप्पलको आरोप छ।

सन् २०१८ मा गरिएको एक अडिटअनुसार पठाईएकामध्ये करिब १८ प्रतिशत डिभाइसहरु अझै इन्टरनेट पहुँचमा रहेको देखाएको थियो।

सन् २०१५ जनवरीदेखि सन् २०१७ डिसेम्बरसम्म एप्पलले ५ लाख ३१ हजार ९ सय ६६ वटा आईफोन, २५ हजार ६ सय ७३ आइप्याड र १९ जहजार २ सय ७७ एप्पल घडि नष्ट गरेर पुनः बनाउन गीपलाई पठाएको थियो।

गीपले भने ती आरोप अस्वीकार गरेको छ। र कम्पनीका आफ्नै तीन कर्मचारीले व्यक्तिगत रुपमा चोरी गरेर बेचेको बताएको छ। गीपले पनि आफ्नै मुद्धा दायर गरेको छ जसमा ती तीन कर्मचारीहरुलाई आरोपित गरिएको छ ।

अहिले गीप क्यानाडा क्वान्टम लाइफसाइकल पार्टनर्सको हिस्सा भएको छ ।

एप्पलकाअनुसार ती उपकरणमा गुणस्तर र सुरक्षाको मापदण्ड पूरा नभएको कारण पुनः बिकीका लागि ठीक थिएनन्।

एप्पलले गत जनवरीमा मुद्धाको लागि कानूनी कागतपत्र पेश गरेको थियो र अहिले मात्र सो विषय सार्वजनिक भएको हो ।

‘रिसाइकलका लागि पठाइएको उपकरण उपभोक्तालाई बेच्न उपयुक्त हुँदैन,’ एप्पलले द भर्जलाई भनेको छ।

कम्पनीको पाटपूर्जा बाहेक नक्कली सामानबाट पुनः निर्माण गरियो भने इलेक्ट्रिकल वा ब्याट्री त्रुटिले गम्भीर सुरक्षा समस्या पनि निम्त्याउन सक्ने एप्पलले बताएको छ। एजेन्सी

TK Viber

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

Comments are closed.

Loading...