साइबर प्याटेन्ट गूमाएको मुद्धामा सिस्कोले १ अर्ब ९० लाख डलर भुक्तान गर्न आदेश

Technology Khabar २० आश्विन २०७७, मंगलवार

साइबर प्याटेन्ट गूमाएको मुद्धामा सिस्कोले १ अर्ब ९० लाख डलर भुक्तान गर्न आदेश

काठमाडौं ।

अमेरिकाको जिल्ला न्यायाधीशले नेटवर्किङ्ग उपकरणहरु निमार्ण गर्ने कम्पनी सिस्कोलाई चारवटा साइबर सुरक्षा पेटेन्ट उल्लंघन गरेको आरोपमा भर्जिनियाको एक सुरक्षा कम्पनीलाई १ अर्ब ९० करोड अमेरिकी डलर भन्दा बढी तिर्न आदेश दिएका छन्।

वरिष्ठ जिल्ला न्यायाधीश हेनरी मोर्गनले भिडियो कन्फ्रेन्समार्फत सो बारेमा एक महिना लामो परीक्षण पछि निर्णय गरेका थिए । उनले भने ‘यो स्पष्ट थियो र करीब करीब भन्ने होइन’ भन्ने। कोरोनाभाइरस महामारीको कारण परीक्षणले निर्णायक मंडलको प्रयोग नगरेको जेडिनेटले उल्लेख गरेको छ ।

भर्जिनियाको कम्पनी, सेन्ट्रिपेटल नेटवर्कले २०१८ को शुरुआतमा सिस्कोको नेटवर्क उपकरणहरूले कम्पनीको सलुसन र पेटेन्टहरू प्रयोग गरेको दाबी गर्दै मुद्धा लगाएको थियो ।

मोर्गनका अनुसार, वस्तुतः भर्चुअलमार्फतबाट गरिएको सिस्कोका सम्पूर्ण प्रदर्शनहरू, प्राविधिक कागजातहरू, र परीक्षण लागि प्रदर्शनकर्ताहरूले आरोपीत उत्पादनहरू भन्दा आफ्नो पुरानो टेक्नोलोजीमा केन्द्रित गरेका थिए।

‘सिस्कोको आरोपित उत्पादनहरूको उनीहरूको कार्यक्षमता प्रदर्शन उनीहरूको आफ्नै प्राविधिक कागजातहरूमा आधारित थिएन, बरु गलत एनिमेसनमा आधारित रहे अदालतमा सूचित गर्नु भन्दा मुद्दालाई भ्रमित पार्ने किसिमको थियो,’ मोर्गनले भने।

सेन्ट्रिपेटल नेटवर्कलाई तिर्नुपर्ने १ अर्ब ९० करोड डलरमध्ये १ अर्ब ८९ करोड डलर क्षतिपूर्ति र ब्याजबापत १करोड ३७ लाख डलर समावेश गर्छ।

जबकि सेन्ट्रिपेटल नेटवर्कको वास्तविक क्षतिहरू करिब ७५ करोड ५० लाख डलर मात्र थियो, तर अदालतले उक्त तथ्यांकमा २.५ गुणाले थप गरिदिँदै साइबर सेक्यूरिटी पेटन्ट उल्लघन गरेकोमा सिस्कोको जानाजानी र जटिल आचरण प्रतिबिम्बित गर्न लगायो।

यसको अतिरिक्त अदालतले सेक्रिपेटल नेटवर्कको पेटन्टमा उल्लंघन भएको भन्दै सिस्कोको उत्पादनको बिक्रीको हिस्साबाट १० प्रतिशत रोयल्टीको तिर्न समेत आदेश दियो। यी रोयल्टीहरूमध्ये दोस्रो तीन वर्ष अवधि पछि ५ प्रतिशत तीन वर्षको अवधिको लागि प्रदान गरिनेछ।

सिस्कोले यो निर्णयमा निराशाजनक भएको र माथिल्लो अदालतमा अपील गर्ने बतायो।

Global Bank
easy care

प्रकाशित: २० आश्विन २०७७, मंगलवार