एलन मस्कको स्पेसएक्सले अमेरिकाको लागि मिसाइल ट्र्याकिग स्याटेलाइट निर्माण गर्ने

Technology Khabar २० आश्विन २०७७, मंगलवार

एलन मस्कको स्पेसएक्सले अमेरिकाको लागि मिसाइल ट्र्याकिग स्याटेलाइट निर्माण गर्ने

काठमाडौं ।

एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले पेन्टागनको लागि मिसाइल ट्र्याकिङ्ग स्याटेलाइटहरू निर्माण गर्न १ करोड ४९ लाख डलरको सम्झौता हात पारेको छ ।

अमेरिकाको संयुक्त राज्य अन्तरिक्ष विकास एजेन्सी (एसडीए) ले सोमबार कम्पनीको सेटेलाइटहरू निर्माण गर्ने पहिलो सरकारी सम्झौताको बारेमा जानकारी दिएको हो ।

स्पेसएक्स, यसको पुन प्रयोग गर्न सकिने रकेटहरु र अन्तरिक्ष यात्री क्याप्सूलका लागि परिचित छ भने यसै अन्तरगत स्टारलिंक परीयोजनाअन्तरगतको स्याटेलाइटहरुको उत्पादन बढाइरहेको छ ।

सयौं उपग्रहहरूको इन्टरनेट-बीमिंगमार्फत स्पेसएक्सको अन्तरदेशीय लक्ष्यहरूलाई फन्ड गर्न पर्याप्त आम्दानी हुने प्रमुख कार्यकारी एलन मस्कले आशा गरेका छन्।

एसडीए सम्झौता अन्तर्गत, स्पेसएक्सले रेडमन्ड, वाशिंगटनको आफ्नो स्टारलिंक एसेम्ब्ली प्लान्ट प्रयोग गर्नेछ र एउटा सब कन्ट्र्याक्टरले आपूर्ति गरेको वाइड एंगल इन्फ्रारेड मिसाइल-ट्र्याकिग सेन्सरसहितका चार उपग्रह निर्माण गर्ने एसडीएका एक अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ।

टेक्नोलोजी कम्पनी एल३ ह्यारिस टेक्नोलोजी इंक(पहिले ह्यारिस कर्पोरेशन) ले अर्को चार उपग्रहहरू निर्माण गर्न १३९ मिलियन डलर प्राप्त गरेको छ।

दुबै कम्पनीहरूले २०२२ को शरद ऋतुसम्म स्याटेलाइटहरु पुर्‍याउने अपेक्षा गरिएको छ।

यो सम्झौता एसडीएको पहिलो चरणको भाग हो जसमा अन्तर महादेशिय ब्यालिस्टिक मिसाइलहरू (आईसीबीएम) जस्तै किसिमका मिसाइलहरू पत्ता लगाउन र ट्र्याक गर्न उपग्रहहरू प्रयोग गर्न सकिन्छ, यस्ता मिलाइलहरु लामो दूरीको यात्रा गर्न सक्छन भने ट्र्याक गर्न र अवरोध गर्न चुनौतीपूर्ण छ।

easy care

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

ताजा समाचार